हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी प्रति शोक प्रस्ताव पारित गर्दै मंगलबार बोलाइएको प्रदेश सभा बैठक सकिएको छ । विकासप्रेमी नेकापाका नेता एवं मन्त्री अधिकारी ताप्लेजुङमा गए बुधबार हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका थिए । अधिकारीलगायत ७ जनाप्रति शोक प्रस्ताव पारित गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।
गण्डकीका सभामुख नेत्रनाथ अधिकारीले शोक प्रस्ताव पेस गरेका थिए । शोक प्रस्ताव पारित गर्दै १ मिनेट मौन धारण गरिएको छ । बैठकले पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जली र हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउने ७ परिवारप्रति समवेदना प्रकट गरेको थियो । पूर्व अर्थमन्त्री अधिकारीको शनिबार निधन भएको थियो ।






