पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, १ को मृत्यु

मंगलबार प्याराग्लाइडिङ दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ। पोखरा सराङकोटबाट उडेका रसियन प्याराग्लाइडिङ पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

१ विदेशीको मृत्यु भएको ४८ घण्टा नपुग्दै अर्काको ज्यान गएको हो । उडेको केही बेरमा सराङकोटमै खस्दा मृत्यु भएको र उनको नाम खुलिनसकेको प्रहरीले जनाएको छ ।

आइतबार मात्र सराङकोटबाट उडेका रोमानियाका पाइलट इबि चिसजिरले प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएका थिए।