मुख्य समाचार

पार्टी एकताका लागी गरिएका राजनीतिक प्रतिबद्धताप्रति सबै इमान्दार हुनुपर्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बारेमा गरिएको सैद्धान्तिक, राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्ने बताएका छन् । शहीद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले आज पार्टी कार्यालय धूम्रबाराहीमा आयोजना गरेको स्मृतिसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एकताका क्रममा गरिएको सहमतिलाई इमान्दारीपूर्वका कार्यान्वयन गर्दै महाधिवेशनसम्म गएर विचार, राजनीति र कार्यनीतिलाई अझ विकसित र परिमार्जन गर्नुपर्ने धारणा राखे । माक्र्सवादको निर्देशन र पथप्रदर्शनमा समाजवादको लक्ष्य… पुरा पढौ

जीप दुर्घटना ६ जनाको मृत्यु,६ जना गम्भीर घाइते

बझाङमा जीप दुर्घटना हुदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भिर घाईते भएका छन् । सदरमुकाम चैनपुर डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जीप डौठीमा उक्त दुर्घटना भएको हो । दुर्घटनामा एक बालक, दुई महिला र तीन जना पुरुषको ज्यान गएको छ भने उनिहरुको सनाखत गर्न बाँकी रहेको वडा प्रहरी कार्यालयका सब-इन्स्पेक्टर महानन्द जोशीले जानकारी दिएका छन् । दुर्घटनाग्रस्त जीप सडकबाट ४०० मिटर… पुरा पढौ

लोकसेवा विज्ञापनविरुद्ध एकपछि अर्काे गर्दै सर्वाेच्चमा चौथो रिट दायर

लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा एकपछि अर्को मुद्दा दायर भइरहेका छन् । स्थानीय तहमा कार्यरत कराररअस्थायी कर्मचारीका तर्फबाट १ सय २१ जनाले सोमबार सर्वोच्चमा विज्ञापन रोक्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८७ को व्यवस्थालाई संवैधानिक परिक्षणको कसीमा राखी विज्ञापन भएको तर त्यसको पालना नभएको उनीहरुको रिटमा जिकिर गरिएको छ। स्थानीय स्वायत्त शासन ऐनलाई टेकेर केही वर्षअघि… पुरा पढौ

लोकसेवा फारम: एक मिनेटमा सय आवेदन पर्दा सर्भरमा समस्या

लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्यामा बृद्धि भएको छ । अहिले फाराम भर्ने समय सकिन लाग्दा सङ्ख्यामा वृद्धि भएको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले अहिले प्रतिमिनेट सय जनाले फाराम भरिरहेका छन् । एकै पटक धेरै सङ्ख्याले फाराम भर्दा आयोगको सर्भरमा समस्या समेत देखिएको छ । आयोगले विगत तीन वर्षदेखि अनलाइन फाराम शुरु गरेको हो । मङ्गबार राति १२ बजेसम्म एकल दस्तुर र… पुरा पढौ

प्रधानमन्त्रीसँग राष्ट्रियसभा सदस्य दिन एकनाथ ढकालको आग्रह

परिवार दलले संघीय संसदमा आफ्नो दलको प्रतिनिधित्व सुनिश्चित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ । आइतबार परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर चुनावका बेला भएको तीनबुँदे सहमति कार्यान्वयनको माग गरेका हुन् ढकालले गत निर्वाचनका बेला परिवार दलले तीन बुँदे सहमति गरी वाम गठबन्धनलाई सघाएको प्रधानमन्त्रीलाई स्मरण गराएको विज्ञप्ति मार्फत जनाएको छ । गत निर्वाचनमा परिवार दलले नेकपाको तत्कालीन गठबन्धनलाई सघाए बापत… पुरा पढौ

डीएसपीको कुर्सीमा बसी सेल्फी खिच्नेलाई साइबर क्राइम मुद्दा

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डीएसपी) को कुर्सीमा बसी सेल्फी खिचेर ‘म प्रहरीको मान्छे हुँ’ भन्दै धम्क्याउँदै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने म्यानपावर व्यवसायी जेल चलान भएका छन् । भारतको बैंङलोर घर भई हाल झापाको बिर्तामोड नगरपालिका बस्दै आएका वर्ष २५ का हर्कराज भन्ने युसमान डाइनियल गुरुङलाई अदालतले आइतबार पुर्पक्षको लागि जेल चलानको आदेश दिएको हो । डीएसपीको कुर्सीमा अर्कै मान्छे बसेको तस्बीरसहित समाचार सार्वजनिक भएपछि तत्कालीन इप्रका बिर्तामोडका प्रमुख… पुरा पढौ

बस दुर्घटनामा एकको मृत्यु, २० घाइते

हेटौडामा बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् । नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना ५ ख ४०१५ नं को दिवासेवाको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा उपचारको क्रममा एक महिलाको हेटौँडा अस्पतालमा मृत्यु भएको हो । मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो दुर्घटनामा… पुरा पढौ

लोकसेवाको विज्ञापन र गुठी विधेयकबारे बोले प्रधनामन्त्री अ‍ोली

प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने बताएका छन् । आइतबार बिहान ८ दिने युरोप भ्रमणबाट फर्केका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकलाई लिएर विरोध र आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने बताए । गुठीका गरिबमाथि शोषण भइराखेको उनले बताए । उनले प्रतिपक्षी दलप्रति लक्षित गर्दै विधेयकको विरोधको मौका नछोप्न पनि आग्रह गरे ।उनले जनताको भावना र हितविपरीत हुने कुनै पनि कुरा सरकारले नगर्ने… पुरा पढौ

फेरि घट्यो पेट्रोलियम पदार्थको मूल्य, कसमा कति ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।  नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेल तीनै थरीमा प्रतिलिटर २–२ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ। यो मूल्य आइतबार राति १२ बजेदेखि लागू भएको हो । घटेको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ९६ रुपैयाँ ५० पैसामा उपलब्ध हुनेछ। इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य… पुरा पढौ

उत्ताउलो मौसम, यस्तो छ आजको सम्भावना

यसपटकको मौसम बढी नै उत्ताउलो बन्दै गएको छ । गर्मीको पारो अधिकभन्दा अधिक बढिरहेको छ । वर्षाको सम्भावना पनि उत्तिकै छ । अनि छिनछिनमा आउने हावाहुरीले झस्काइरहेको छ । पोखरामा आइतबार करिब ३ बजेदेखि साँझसम्म हावाहुरी, असिना, मेघगर्जनसहित भीषण वर्षा भएको थियो । दिउसो २ बजेसम्म टन्टलापुर घाम लागेर प्रचण्ड गर्मी भएको पोखरामा त्यसपश्चात मौषम अकस्मात परिवर्तन भइ भीषण वर्षा भएको थियो ।  सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं