मुख्य समाचार

रोट्र्याक्ट भेला काठमाडौंमा, तयारी पूरा

काठमाडौंमा शनिबार हुने १२ औँ रोट्र्याक्ट डिष्ट्रिक्ट क्लव एसेम्ब्ली तथा ११ औँ रिकग्निसन सेरेमोनीको तयारी पूरा भएको छ । कार्यक्रम बालाजुस्थित सिद्धार्थ वनस्थली ईन्स्टिच्यूटमा हुनेछ । रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान अन्तर्गत रोट्र्याक्ट नेपालको आयोजना तथा रोट्र्याक्ट क्लव अफ कुपण्डोल, रोट्र्याक्ट क्लव अफ काठमाडौंमा मिड टाउन, रोट्र्याक्ट क्लव अफ चन्द्रागिरी, रोट्र्याक्ट क्लव अफ स्वयम्भु भैसेपाटीको संयोजनमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमको रजिष्ट्रेसन, कार्य तालिका, ब्यानर, परिचय कार्ड लगायत अन्य… पुरा पढौ

प्रदेश सरकारको बेग्लै सिडिओ

प्रदेश नं २ मा प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय प्रमुख राख्न गृहकार्य प्रारम्भ गरिसकेको छ । प्रदेश सरकारद्वारा नियुक्त गरिने जिल्ला प्रशासन प्रमुखले सुरक्षा निकायसँग समन्वय गरी शान्तिसुरक्षा तथा आतङ्कवादी क्रियाकलाप र आन्दोलन नियन्त्रणमा प्रहरी परिचालन र गोली हान्नेसम्म आदेश दिन सक्ने प्रावधान बन्ने बताइएको छ । प्रदेश सरकारले आगामी आवमा प्रदेश प्रहरी भर्ना र आठै जिल्लामा अनुसन्धान ब्युरो स्थापना गर्ने गृहकार्यसमेत गरिरहेको छ ।आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले… पुरा पढौ

को हुन् नेपाली नोटका डिजाइनर ?

कलाका शुभचिन्तक विश्वनाथ भेटवाल २०१९ सालतिर पलाञ्चोक भगवती स्कुल काभ्रेमा पढाउथे । नेत्रबहादुर थापाले लेखेको ४ कक्षाको भूगोल पुस्तकमा थियो । नेपालको राजधानी काठमाडौँ उपत्यकाको चित्र । त्यसमा सलल बग्दै गरेको कर्मचासा, वाग्मती, विष्णुमती नदी प्रष्टै झल्किन्थ्यो । केशव दुवाडी उक्त चित्रमा रहेको फूलचोकी, शिवपूरीको सुन्दर दृश्यले लोभ्याउँथ्यो । उक्त सजिव चित्रमात्रै होइन अहिले चल्तीमा रहेको सुन्दर र आकर्षक देखिने नेपाली नोट होस् या स्वस्थानी ब्रतकथाको पुस्तकमा रहेका चित्रहरू नै… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ नयाँ क्वाटरमा

गण्डकी प्रदेशका मुख्यमन्त्री पुरानो छोडेर नयाँ क्वाटरमा शुक्रबार सरेका छन् । प्रदेश सरकार गठन भएपछि मन्त्री गुरुङ राष्ट्र बैंक गेस्टहाउसमा केही समयको बसाईपछि गत फागुनदेखि उनी पार्दीस्थित पोखरा महानगरको तालको किनारमै रहेको गेस्टहाउसमा १५ महिनाको बसाइपछि शुक्रबार उनी सहिदचोकस्थित नयाँ क्वार्टरमा सरेका हुन् । मन्त्रीको अहिलेको नयाँ क्वार्टर पनि जिल्ला प्रशासन कार्यालय कास्कीले प्रमुख जिल्ला अधिकारीको आवास प्रयोजनका निम्ति झन्डै सवा दुई करोडको लागतमा निर्माण गरेको थियो । प्रमुख जिल्ला… पुरा पढौ

रबि लामिछानेसँग जोडेर प्रकाशित समाचारप्रति मन्त्री पुनको यस्तो प्रतिक्रिया

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन‘अनन्त’को सचिवालयले मन्त्री पुनसँग जोडेर विभिन्न अनलाईन र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार रबि लामिछाने ‘ठुलो भ्रष्टाचारी हुन्’ भन्ने शिर्षक राखेर नयाँ पत्रिकाको नक्कली कटिङ्ग समेत बनाई मन्त्री पुनको भनाई मनगढन्ते समाचार प्रकाशित गरेकोमा सचिवालयले एक विज्ञप्ती प्रकाशित गरि आपत्ति जनाएको हो । उक्त समाचारबारे सचिवालयले नयाँपत्रिकाका प्रधान सम्पादक कृष्णज्वाला देवकोटासँग बुझ्दा सो समाचार नयाँपत्रिका दैनिकको कुनै पनि पेजमा प्रकाशित… पुरा पढौ

किन पुगे नेकपाका अध्यक्ष प्रचण्डसहित शीर्ष नेता माडीमा ?

पुर्व शिक्षामन्त्री धनिराम पौडेलको श्रद्धान्जलीका लागि पुर्व प्रधानमन्त्री पुस्पकमल दाहाल “प्रचण्ड” सहित पार्टीका नेता माडीमा पुगेका छन् । अन्तिम श्रद्धान्जलीका लागि पौडेलको गृहनगर माडीको बसन्तपुरमा प्रचण्ड सहित गृहमन्त्री रामबहादुर थापा “बादल”, पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतम, नारायणकाजि श्रेष्ठ,अमिक शेरचन लगायतका नेता माडी पुगेका हुन् । यस्तै जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु पनि विहानै देखि श्रद्धान्जलीका लागि माडी पुगेका थिए । शोकसभा सकिएपछि केही बेरमा माडीको बसन्तपुरबाट शवयात्रा गरि आजै… पुरा पढौ

केसी र महतले किन गरे देउवा सहभागी कार्यक्रम बहिष्कार ?

 नेपाली काँग्रेस नुवाकोट क्षेत्र नम्बर एक र दुईले शनिबार (जेठ ३२ गते) संयुक्त रूपमा क्षेत्रीय सम्मेलन गर्दैछन्  ।  पार्टीको विधान विपरित दुईवटा क्षेत्रको सम्मेलन एकै ठाउँमा गर्न लागिएको असन्तुष्ट पक्षले दाबी गरेका छन् ।  शनिबार बिहान ११ बजे लिखु गाउँपालिको चौघडामा हुने सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छदार र सह–महामन्त्री डा प्रकाशशरण महतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  जिल्ला समितिसँग कुनै छलफल नगरी आयोजना गरिएको क्षेत्रीय भेलाको… पुरा पढौ

पाँच वर्षीया बालिका बलात्कार गरेको भन्दै १३ वर्षीय बालक पक्राउ

सप्तरीमा पाँच वर्षीया बालिका बलात्कृत भएको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको घटना सार्वजनिक भएको हो । बालिकाले पेट दुख्ने गरेको बताएपछि उनकी आमाले उपचारका लागि गत सोमबार कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पताल ठेलिया लागेकी थिइन् । अस्पतालका चिकित्सकले जाँच गर्दा बलात्कारको शङ्का लागि प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो । चिकित्सकले खबर गरेलगत्तै… पुरा पढौ

अन्तर्राष्ट्रिय पत्रकार महासंघमा मोरक्कोका युनेश एम जाहेद

अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफ्जेको नेतृत्व पहिलो पटक अफ्रिका महादेशमा पुगेको छ । आइएफजेको ट्युनिसियाको राजधानी ट्युनिसमा भएको २० औं अन्तर्राष्ट्रिय महासभाबाट पहिलो पटक अफ्रिकी महादेशबाट अध्यक्ष निर्वाचित भएका हुन् ।     बिहीबार सम्पन्न निर्वाचनबाट मोरक्कोका पत्रकार युनेश एम जाहेद निर्वाचित भएका हुन् । अफ्रिदी महादेशमै पहिलो पटक भएको यो महासभामा जाहेदले आफ्ना क्यानेडियन प्रतिस्पर्धीलाई भारी मतको अन्तरले पराजित गरे ।  ३ सय १५ मध्ये उनले दुई सय ५४ मत ल्याएका हुन्… पुरा पढौ

पूर्व शिक्षा मन्त्रीको निधनमा शोक प्रस्ताव पारित

प्रतिनिधिसभाले पूर्व शिक्षा मन्त्री तथा संविधानसभा सदस्य धनीराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले पुर्व मन्त्री पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको हो । पौडेल २०७० सालको संविधानसभा निर्वाचनमा तात्कालिन एकिकृत नेकपा माओवादीको तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए । हाल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रहेका पौडेलको ५३ वर्षको उमेरमा जेठ ३१ गते शुक्रबार बिहान चितवनको माडीमा असमायिक निधन भएको हो ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं