रोट्र्याक्ट भेला काठमाडौंमा, तयारी पूरा

काठमाडौंमा शनिबार हुने १२ औँ रोट्र्याक्ट डिष्ट्रिक्ट क्लव एसेम्ब्ली तथा ११ औँ रिकग्निसन सेरेमोनीको तयारी पूरा भएको छ । कार्यक्रम बालाजुस्थित सिद्धार्थ वनस्थली ईन्स्टिच्यूटमा हुनेछ ।

रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान अन्तर्गत रोट्र्याक्ट नेपालको आयोजना तथा रोट्र्याक्ट क्लव अफ कुपण्डोल, रोट्र्याक्ट क्लव अफ काठमाडौंमा मिड टाउन, रोट्र्याक्ट क्लव अफ चन्द्रागिरी, रोट्र्याक्ट क्लव अफ स्वयम्भु भैसेपाटीको संयोजनमा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमको रजिष्ट्रेसन, कार्य तालिका, ब्यानर, परिचय कार्ड लगायत अन्य व्यवस्थापनको काम सकिएको आयोजकले जनाएको छ ।

रोटरीको भातृ संस्था रोट्र्याक्ट क्लवमा १८ देखि ३० वर्षसम्मका युवा आबद्ध रहनेछन् । वर्ष २०१९/०२० को नयाँ कार्य योजना तर्जुमा, अन्य कार्यक्रम लगायत विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

डिष्ट्रिक्ट क्लव एसेम्ब्लीमा देशभरका १३ जोन अन्तर्गत १ सय २५ वटा रोट्र्याक्ट क्लवका प्रतिनिधि सहभागी हुनेछन् । क्लबका प्रेसिडेन्ट, भाईस प्रेसिडेन्ट,सेक्रेटरी, टेजरर, ४ वटा एभिन्यूमा लगायत अन्य मेम्बरका लागि पनि छुट्टाछुट्टै प्रशिक्षण हुनेछ ।

रोट्रयाक्ट क्लब अफ दमौलीका पूर्व अध्यक्ष जोन ३ का २०१९/०२० का जेटआरआर शिखरलाल डोटेलले रोट्र्याक्टरको व्यक्तिगत क्षमता एवं नेतृत्व विकासका लागि क्लव एसेम्ब्ली महत्वपूर्ण हुने बताए । कार्यक्रममा नयाँ नयाँ कुरा सिक्न, एकअर्का बिच परिचयात्मक आदानप्रदान सँगै मनोरञ्जन लिन सकिने उनले बताए ।

रोट्र्याक्ट नेपालका डिआरआर सौगात गौतमले वर्ष २०१८/०१९ मा विभिन्न क्लवमा भए गरेका कार्यको मूल्याङ्कन गरी विभिन्न विद्यामा अवार्ड समेत प्रदान गरिने बताए ।

उनले कार्यक्रमको पूरा भएको समेत जानकारी दिए । कार्यक्रममा करिब ७ सय युवा सहभागी हुने उनले जानकारी दिए ।