किन पुगे नेकपाका अध्यक्ष प्रचण्डसहित शीर्ष नेता माडीमा ?

पुर्व शिक्षामन्त्री धनिराम पौडेलको श्रद्धान्जलीका लागि पुर्व प्रधानमन्त्री पुस्पकमल दाहाल “प्रचण्ड” सहित पार्टीका नेता माडीमा पुगेका छन् ।

अन्तिम श्रद्धान्जलीका लागि पौडेलको गृहनगर माडीको बसन्तपुरमा प्रचण्ड सहित गृहमन्त्री रामबहादुर थापा “बादल”, पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतम, नारायणकाजि श्रेष्ठ,अमिक शेरचन लगायतका नेता माडी पुगेका हुन् ।

यस्तै जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु पनि विहानै देखि श्रद्धान्जलीका लागि माडी पुगेका थिए । शोकसभा सकिएपछि केही बेरमा माडीको बसन्तपुरबाट शवयात्रा गरि आजै बेलुका मगई खोलामा अन्त्यष्टि गरिने पौडेलका आफन्तले जानकारी दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य,समेत रहनुभएका पौडेलको आज विहान आफ्नै निवासमा हृदयघातकका कारण असामयिक निधन भएको थियो । ५३ बर्षिय पौडेलको आज विहान घरमा काम गर्ने क्रममा निधन भएको परिवारले जानकारी दिएका छन् । पौडेलको निधन प्रति नेकपा चितवनले शोक ब्यक्त गरेको छ ।