मुख्य समाचार

प्रधानमन्त्री युरोपबाट फर्केपछि प्रचण्डसंग छलफल,के भयो सहमती ?

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच झन्डै साढे दुई घण्टा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच एक्ला९एक्लै भेटवार्ता भएको हो । पार्टीको सैद्धान्तिक कार्यदिशा सहितको राजनीतिक प्रतिवेदन तल्लोसम्म पठाउने सहमति दुई अध्यक्षबीच भएको छ । त्यस्तै पार्टी एकताका बाँकी काम पुरा गर्नका लागि पर्सि शुक्रवार सचिवालय बैठक बस्ने भएको छ । पार्टीको सैद्धान्तिक कार्यदिशा के हुने भन्ने विवाद बढ्न थालेपछि… पुरा पढौ

पतञ्जलिको जन्म नेपालको अर्घाखाँचीमा !

आयुर्वेद, योगशास्त्रका पिता तथा संस्कृतिविद् पतञ्जलिको जन्म नेपालमा भएको पुष्टि भएको छ । डा विष्णुराज आत्रेय (लाटोसाथी)ले ‘पतञ्जलि’ पुस्तकमार्फत उनको जन्म अर्घाखाँचीको शीतगङ्गा पलटेमा भएको तथ्य सार्वजनिक गरेका छन् । विभिन्न शास्त्रीय उत्खननबाट अर्घाखाँची, प्यूठान र दाङको सिमानामा पर्ने सो ठाउँमा पतञ्जलिको जन्म भएको तथ्य डा आत्रेयले फेला पार्न सफल भएका हुन् । वाल्मीकि क्याम्पसमा आयोजित कार्यक्रममा पुस्तकका लेखकले पतञ्जलिका बारेमा प्रकाश पार्दै पतञ्जलि नेपालमा जन्मिएका बारे करीब २ सय… पुरा पढौ

६ करोड ठग्ने प्रवीण पौडेल पक्राउ

सिंगापुरको क्रुजमा काम लगाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नुवाकोटको गणेशस्थान गाविस घर भइ हाल काठमाडौंको तारकेश्वर नगरपालिका स्थित मनमैजु बस्ने प्रवीण पौडेल रहेका छन् ।  उनले ट्रेनिङ सेन्टर खोलेर सिंगापुर पठाइदिने र मासिक ६५० डलर तलब हुने भन्दै करीब ३०० जनाबाट ६ करोड ठगी गरेको प्रहरीले जनाएको छ ।  आफू ठगिएको भन्दै झापाको तीर्थ हमालले दिएको उजुरीको आधारमा लुकीछिपी बसेको अवस्थामा… पुरा पढौ

चार देशका राजदूतविरुद्ध उजुरी गर्न आह्वान

पछिल्लो समय सिफारिसमा परेका चार देशका नेपाली राजदुतविरुद्ध उजुरी आह्वान गरिएको छ । सिंहदरबारमा आज बिहान बसेको संसदीय सुनुवाई समितिको बैठकले सरकारले सिफारिस गरेका अष्ट्रेलिया, स्पेन, बंगलादेश र कतारसहित चारैजना राजदुतमाथिको सुनुवाई थाल्दै उजुरी दिन १० दिनको लागी सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको महासचिव तथा समिति सचिव मनोहर प्रसाद भट्टराईले जानकारी दिए । गत जेठ २४ गते बसेको मन्त्रीपरिषदको बैठकले अष्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनमा… पुरा पढौ

प्रधानमन्त्री निवासमा ओली, प्रचण्ड र देउवाबीच बैठक हुने

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित सत्तापक्षीय शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक हुने भएको छ । द्वन्द्वकालिन विषयहरुका सम्बन्धमा गठन गरिएको सत्यनिरुपण तथा मेलमिलाप आयोग र त्यससँग सम्बन्धित विषयमा छलफल गर्नको लागी उक्त बैठक हुन लागेको हो । देउवासँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० र माधव नेपाल, नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङ, उर्जामन्त्री बर्षमान पुन र कानून मन्त्री भानभक्त ढकाल सहभागी हुनेछन्… पुरा पढौ

लोकसेवा आयोग विज्ञापनविरुद्ध परेका चार रिटमा आज के भन्छ सर्वोच्च

स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी लोकसेवा आयोगको विज्ञापनमा देखिएको विवादबारे आज सर्वोच्च अदालतले सुनुवाइ गर्दैछ । आयोगले निकालेको विज्ञापनमा असन्तुष्टि जनाउँदै परेका चार निवेदनलाई एकै ठाउँमा राखेर सर्वोच्चले आज सुनुवाइ गर्न लागेको हो । न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आयोगको सो विज्ञापनसम्बन्धी परेका चार वटै निवेदनलाई सँगै राखेर हेर्न हिजो आदेश जारी गरेको थियो । आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै ९ हजार… पुरा पढौ

मोटो रकमसहित पोखराको न्यूरोडबाट ८ जना जुवाडे पक्राउ

वडा प्रहरी कार्यालय वैदामले जुवा खेलिरहेको भन्ने आरोपमा ८ जनालाई पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा मंगलबार साँझ न्यूरोड, सुन्दरमार्गस्थित एक घरबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा ३१ का भोजराज ओझा, पोखरा ८ का खड्क कार्की, पोखरा २३ का कृष्ण आचार्य, पोखरा ८ का नवराज थपलिया, म्याग्दी रघुगंगाका गंगाप्रसाद शेरचन, पोखरा ३ का मीनबहादुर गुरुङ, पोखरा ३० का विष्णुप्रसाद शर्मा र केशव आचार्य… पुरा पढौ

उत्तम सञ्जेल श्रीमतीसहित प्रहरी नियन्त्रणमा

समता स्कुल तथा अस्पतालका सञ्चालक उत्तम सञ्जेल र उनकी श्रीमतीलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । अस्पताल परिसरमै कर्मचारीको शंकास्पद मृत्युपछि आन्दोलन चर्केपछि सञ्जेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । समता अस्पतालमा क्लिनरको रुपमा कार्यरत रामेछापको दोरम्बा घर भएकी २७ वर्षीया विमला तामाङले सोमबार राती पासो लगाएर आत्महत्या गरेकी थिइन् । प्रहरीले सञ्जेल दम्पत्तीलई महानगरीय प्रहरी वृत्त गौशालामा राखेको छ । तामाङको शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको… पुरा पढौ

कांग्रसको चुनावमा अन्तर्घात गर्ने कोको परे कारबाहीमा ? (नामावलीसहित)

नेपाली कांग्रेसले २०७४ सालको स्थानीयरप्रदेशसभारसंघीय संसदको निर्वाचनमा अन्तरघात गर्ने नेता/कार्यकर्तालाई कारबाही गरेको छ । केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेद्वारा जारी विज्ञप्तिद्धारा उनीहरुको नाम पार्टीको अभिलेखबाटै हटाउने गरि कार्वाही गरिएको हा्े । साथै, त्यस्ता अन्तर्घात गर्नेहरुको नामावली हालसम्म केन्द्रीय अनुशासन समितिमा पठाउन बाँकी जिल्लाहरुलाई पनि तत्काल नामावली पठाउन निर्देशन गरिएको छ। कोको परे कारबाहीमा? पुरा पढौ

झुक्यो सरकार, अन्ततः गुठी विधेयक फिर्ता

सरकारले अन्ततः गुठी विधेयक फिर्ता लिएको छ । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिइन् ।  यो विधेयक गत वैशाख १५ गते राष्ट्रियसभामा दर्ता भएको थियो । तर गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भएपछि सरकार यस्तो निर्णय गर्न बाध्य भएको हो ।  पत्रकार सम्मेलनमा विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण विथोल्ने कोसिस भएको भन्दै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं