ताजा समाचार

असार ३ गते २०७६

मोटो रकमसहित पोखराको न्यूरोडबाट ८ जना जुवाडे पक्राउ

वडा प्रहरी कार्यालय वैदामले जुवा खेलिरहेको भन्ने आरोपमा ८ जनालाई पक्राउ गरेको छ ।

जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा मंगलबार साँझ न्यूरोड, सुन्दरमार्गस्थित एक घरबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा ३१ का भोजराज ओझा, पोखरा ८ का खड्क कार्की, पोखरा २३ का कृष्ण आचार्य, पोखरा ८ का नवराज थपलिया, म्याग्दी रघुगंगाका गंगाप्रसाद शेरचन, पोखरा ३ का मीनबहादुर गुरुङ, पोखरा ३० का विष्णुप्रसाद शर्मा र केशव आचार्य छन् ।

वडा प्रहरी कार्यालय बैदामका अनुसार उनीहरूको साथबाट ६ लाख ६५ हजार रुपैयाँ बरामद भएको छ ।

वैदाम प्रहरी प्रमुख डिएस्पी कमल शाहीको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि वैदाम प्रहरीमा राखिएको छ ।