ताजा समाचार

असार ४ गते २०७६

प्रधानमन्त्री निवासमा ओली, प्रचण्ड र देउवाबीच बैठक हुने

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित सत्तापक्षीय शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक हुने भएको छ ।

द्वन्द्वकालिन विषयहरुका सम्बन्धमा गठन गरिएको सत्यनिरुपण तथा मेलमिलाप आयोग र त्यससँग सम्बन्धित विषयमा छलफल गर्नको लागी उक्त बैठक हुन लागेको हो ।

देउवासँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० र माधव नेपाल, नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङ, उर्जामन्त्री बर्षमान पुन र कानून मन्त्री भानभक्त ढकाल सहभागी हुनेछन् ।

नेपाली कांग्रेसको तर्फबाट सभापति देउवाका अलावा केन्द्रीय सदस्यद्वय डा मीनेन्द्र रिजाल र रमेश लेखकले बैठकमा सहभागी हुनेछन् ।