ताजा समाचार

असार ४ गते २०७६

चार देशका राजदूतविरुद्ध उजुरी गर्न आह्वान

पछिल्लो समय सिफारिसमा परेका चार देशका नेपाली राजदुतविरुद्ध उजुरी आह्वान गरिएको छ ।

सिंहदरबारमा आज बिहान बसेको संसदीय सुनुवाई समितिको बैठकले सरकारले सिफारिस गरेका अष्ट्रेलिया, स्पेन, बंगलादेश र कतारसहित चारैजना राजदुतमाथिको सुनुवाई थाल्दै उजुरी दिन १० दिनको लागी सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको महासचिव तथा समिति सचिव मनोहर प्रसाद भट्टराईले जानकारी दिए ।

गत जेठ २४ गते बसेको मन्त्रीपरिषदको बैठकले अष्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनमा दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशिधर मिश्रलाई राजदूतमा सिफारिस गरेको थियो । प्रस्तावित राजदुतका व्यक्तिगत विवरण लगायतका विषयमा छलफल समेत भएको छ । सिफारिस गरिएका राजदुतको संवैधानिक सुनुवाईपछि राष्ट्रपतिले नियुक्त गर्नेछिन् ।