ताजा समाचार

असार ३ गते २०७६

उत्तम सञ्जेल श्रीमतीसहित प्रहरी नियन्त्रणमा

समता स्कुल तथा अस्पतालका सञ्चालक उत्तम सञ्जेल र उनकी श्रीमतीलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । अस्पताल परिसरमै कर्मचारीको शंकास्पद मृत्युपछि आन्दोलन चर्केपछि सञ्जेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

समता अस्पतालमा क्लिनरको रुपमा कार्यरत रामेछापको दोरम्बा घर भएकी २७ वर्षीया विमला तामाङले सोमबार राती पासो लगाएर आत्महत्या गरेकी थिइन् ।

प्रहरीले सञ्जेल दम्पत्तीलई महानगरीय प्रहरी वृत्त गौशालामा राखेको छ । तामाङको शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।