ताजा समाचार

असार ४ गते २०७६

प्रधानमन्त्री युरोपबाट फर्केपछि प्रचण्डसंग छलफल,के भयो सहमती ?

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच झन्डै साढे दुई घण्टा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच एक्ला९एक्लै भेटवार्ता भएको हो ।

पार्टीको सैद्धान्तिक कार्यदिशा सहितको राजनीतिक प्रतिवेदन तल्लोसम्म पठाउने सहमति दुई अध्यक्षबीच भएको छ । त्यस्तै पार्टी एकताका बाँकी काम पुरा गर्नका लागि पर्सि शुक्रवार सचिवालय बैठक बस्ने भएको छ ।

पार्टीको सैद्धान्तिक कार्यदिशा के हुने भन्ने विवाद बढ्न थालेपछि आजको बैठकमा प्रचण्डले विगतको सहमति अनुसार आधिकारिक दस्तावेज तल्लो तहसम्म पठाउन प्रस्ताव गरेका थिए ।

भेटवार्तामा प्रधानमन्त्री ओलीलाई अर्का अध्यक्ष प्रचण्डले सरकारले ल्याएका विभिन्न विधेयक सच्याउन आग्रह गरेका छन् । प्रधानमन्त्री युरोपबाट फर्किएपछि दुई अध्यक्षबीच औपचारिक रूपमा पहिलो पटक भेटवार्ता भएको हो ।