प्रधानमन्त्रीसँग राष्ट्रियसभा सदस्य दिन एकनाथ ढकालको आग्रह

परिवार दलले संघीय संसदमा आफ्नो दलको प्रतिनिधित्व सुनिश्चित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ ।

आइतबार परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर चुनावका बेला भएको तीनबुँदे सहमति कार्यान्वयनको माग गरेका हुन्

ढकालले गत निर्वाचनका बेला परिवार दलले तीन बुँदे सहमति गरी वाम गठबन्धनलाई सघाएको प्रधानमन्त्रीलाई स्मरण गराएको विज्ञप्ति मार्फत जनाएको छ । गत निर्वाचनमा परिवार दलले नेकपाको तत्कालीन गठबन्धनलाई सघाए बापत संसदमा उसको दलको प्रतिनिधित्व सुनिश्चित गराउने सहमति भएको परिवार दलले जनाएको छ ।

अध्यक्ष ढकाल माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा सहकारी तथा गरिबी निवारण मन्त्री थिए ।०७२ मा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा ढकाल शान्ति तथा पुनर्निर्माण मन्त्री बने । गत मंसिरमा उनकै अगुवाईमा काठमाडौंमा भएको विवादीत एसिया प्यासिफिक समिट आयोजना भएको थियो ।