डीएसपीको कुर्सीमा बसी सेल्फी खिच्नेलाई साइबर क्राइम मुद्दा

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डीएसपी) को कुर्सीमा बसी सेल्फी खिचेर ‘म प्रहरीको मान्छे हुँ’ भन्दै धम्क्याउँदै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने म्यानपावर व्यवसायी जेल चलान भएका छन् ।

भारतको बैंङलोर घर भई हाल झापाको बिर्तामोड नगरपालिका बस्दै आएका वर्ष २५ का हर्कराज भन्ने युसमान डाइनियल गुरुङलाई अदालतले आइतबार पुर्पक्षको लागि जेल चलानको आदेश दिएको हो ।

डीएसपीको कुर्सीमा अर्कै मान्छे बसेको तस्बीरसहित समाचार सार्वजनिक भएपछि तत्कालीन इप्रका बिर्तामोडका प्रमुख डीएसपी सुवास खड्का विभागीय कार्बाहीमा परेका छन् ।

डीएसपीको कुर्सीमा बसेको तस्बिर फेसबुकमा पोष्ट गरेर सार्वजनिक भएपछि गुरुङमाथि साइबर क्राइम अन्तर्गत मुद्दा चलाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले बताए ।