ताजा समाचार

असार २ गते २०७६

जीप दुर्घटना ६ जनाको मृत्यु,६ जना गम्भीर घाइते

बझाङमा जीप दुर्घटना हुदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भिर घाईते भएका छन् ।

सदरमुकाम चैनपुर डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जीप डौठीमा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा एक बालक, दुई महिला र तीन जना पुरुषको ज्यान गएको छ भने उनिहरुको सनाखत गर्न बाँकी रहेको वडा प्रहरी कार्यालयका सब-इन्स्पेक्टर महानन्द जोशीले जानकारी दिएका छन् ।

दुर्घटनाग्रस्त जीप सडकबाट ४०० मिटर तल अप्ठ्यारो ठाँउमा खसेर भिरमा अड्किएको अवस्थामा रहेकोले मान्छेसमेत जान नसक्ने भएपछि उद्धारमा निकै चुनौती रहेको सब-इन्स्पेक्टर जोशीले बताए । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका छन् ।