ताजा समाचार

असार २ गते २०७६

लोकसेवा फारम: एक मिनेटमा सय आवेदन पर्दा सर्भरमा समस्या

लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्यामा बृद्धि भएको छ ।

अहिले फाराम भर्ने समय सकिन लाग्दा सङ्ख्यामा वृद्धि भएको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले अहिले प्रतिमिनेट सय जनाले फाराम भरिरहेका छन् ।

एकै पटक धेरै सङ्ख्याले फाराम भर्दा आयोगको सर्भरमा समस्या समेत देखिएको छ । आयोगले विगत तीन वर्षदेखि अनलाइन फाराम शुरु गरेको हो । मङ्गबार राति १२ बजेसम्म एकल दस्तुर र असार १० गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्न सकिने छ । आयोगले ५१५ स्थानीय तहका लागि विभिन्न नौ हजार १६१ पदका लागि आवेदन फाराम माग गरेको छ ।

उपसचिव सुवेदीका अनुसार आयोगले अपेक्षा गरेअनुसार परीक्षार्थीले फाराम नभरेको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म एक लाख ६२ हजार ३३३ आवेदन फाराम भरेकामा महिलातर्फ ३९ हजार ६४६, जनजाति १८ हजार ५१, मधेशी १० हजार १४, दलित एक हजार २३०, अपाङ्ग ७३ र पिछडिएको ५० जना रहेका छन ।