मुख्य समाचार

पोखरा १८ का वडाध्यक्ष हिरासत मुक्त

पोखरा १८ का अध्यक्ष रणबहादुर थापा बुधबार प्रहरी हिरासत मुक्त भएका छन् । २ तिब्बती शरणाथीलाई वडाबाट नागरिकताका लाग सिफारिस गरेको अभियोगमा साउन ३१ गते उनी पक्राउ परेका थिए । थापासँगै पक्राउ परेका वडा सदस्य ज्ञानबहादुर थापासमेत छुटेका छन् । स्थानीय पञ्जिकाधिकारी राजेन्द्र पौडेल भने हिरासतमै छन् । जिम्मा जमानीमा तोकिएको मितिमा उपस्थित हुनेगरी उनीहरुलाई छाडिएको हो । पोखरा महानगरबाट उपप्रमुख मञ्जुदेवी गुरुङले जमानीमा कास्की प्रहरीबाट उनीहरुलाई हिरासत मुक्त गराएकी… पुरा पढौ

पोखराको जिरोमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु

पोखराको जिरो किलोमिटरमा ट्रकको ठक्करबाट जनाको मृत्यु भएको छ । बुधबार दिउँसो २ बजे ‘लु १ ख ७९९०’ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार भारतीय नागरिकको मृत्यु भएको हो ।  मृत्यु हुने साइकलयात्री भारत मेनापुरका ५५ वर्षीय रफिक खान रहेको प्रहरीले जनाएको छ । खान अहिले पोखरा, ८ सिर्जनाचोकमा बस्दै आएका थिए । ट्रकको ठक्करबाट घाइते भएका खानलाई उपचारको लागि मेट्रोसिटी अस्पतालमा लगिएको थियो । ट्रकको ठक्करबाट घाइते भएका खानलाई… पुरा पढौ

अन्तत: नेकपा-कांग्रेस यस्तो सहमति

सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्ष दल नेपाली काङ्ग्रेसबीच शान्ति प्रक्रियाको सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम छिटोभन्दा छिटो पूरा गर्नेमा सहमति भएको छ । प्रधानमन्त्रीमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको दुई दलको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई पूर्णता दिँदै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने सहमति भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  बैठकमा सर्वोच्च अदालतको आदेशअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई… पुरा पढौ

खुकुरी देखाउँदै ओली, प्रचण्ड र देउवालाई ‘काट्छु’ भन्ने पक्राउ

प्रहरीले खुकुरी देखाएर प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवालाई काट्छु भन्ने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका सागर क्षेत्री रहेका छन् ।  सामाजिक सञ्जाल फेसबुकमार्फत नेताहरुलाई गाली गरेको आरोपमा क्षेत्रीलाई बाराबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाकाको टोलीले पक्राउ गरेको हो ।  प्रधानमन्त्री ओली, प्रचण्ड र देउवालाई अपशब्द बोल्दै  भिडियोमार्फत खुकुरी देखाउँदै काट्छु भनेका सागरलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।  पक्राउ… पुरा पढौ

रवि लामिछानेको पछिल्लो बक्तव्य, ‘म असुरक्षित छु’ (फेसबुक स्टाटससहित)

शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले आफू प्रहरीभित्रै असुरक्षित रहेको बताएका छन्। बुधबार साँझ श्रीमती निकिता पौडेलको फेसबुकमार्फत् स्टाटस लेख्दै लामिछानेले यस्तो बताएका हन्। शालिकराम पुडासैनीको मोबाइलमा भेटिएको भिडियो सुसाइड नोटमा रवि लामिछाने अर्का पत्रकार युवराज कँडेल र अस्मिता कार्की नाम उल्लेख गरेको भिडियो बाहिरिएपछि प्रहरीले उनीहरू तीनै जनालाई साउन ३० गते पक्राउ गरेको थियो।  चितवन जिल्ला अदालतले उनीहरू तीनै जनाको नाममा पक्राउ पूर्जी जारी गरेपछि… पुरा पढौ

राजमार्ग मै जहाज अवतरण !

राष्ट्रिय राजमार्गलाई धावनमार्गको रुपमा उपयोग गर्ने योजना ल्याएको सरकारले सम्भावित खण्डहरुको अध्ययन गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजमार्गका विभिन्न खण्डलाई धावनमार्गका रूपमा प्रयोग गर्ने भनिएको थियो । यस्तो योजनामाथि पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उच्च अधिकारीहरुले नै प्रश्न उठाइरहेका छन् । सरकारले भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको सडक विभागलाई यो कामका लागि जिम्मा दिएको छ । यसका लागि सडक विभागले तयारी थालेको प्रवक्ता… पुरा पढौ

शिशुको लिंगको टुप्पो काट्दा….

महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकामा इस्लाम धर्मको परम्परा निभाउने क्रममा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका दुईमहिने छोरा फिरोज शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । इस्लाम धर्मअनुसार बालक शेषको गए राति खतना (लिङ्गको टुप्पो माथिको बाहिरी मासु का’टिने काम) गरिएपछि अत्यधिक रक्तस्रा’व भएर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताएका छन् । परिवारजनले धर्म गुरुहरु,… पुरा पढौ

‘डलर खाएरै रविको पक्षमा आन्दोलन’ सांसद विकको आरोप

 बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खेमकुमार विकले रविको पक्षमा भइरहेको जुलुस र प्रदर्शनका नाममा देशमा हिंसा भड्काउन खोजिएको आरोप लगाएका छन्।  ‘रविको पक्षमा भइरहेको यो आन्दोलनका पछाडि कुन शक्ति छ? यो आन्दोलन डलर खाएर भइरहेको छ। सरकारको ध्यान यसमा जानुपर्छ, यसको छानबिन हुनुपर्छ ’भन्दै  पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको पक्षमा गणतन्त्र र व्यवस्थाविरोधीहरुले आन्दोलन गरिरहेको दाबी गरेका छन् । राज्यले… पुरा पढौ

नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक आज हुने

नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक आज अपराह्नदेखि राजधानीमा प्रारम्भ हुँदैछ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पु¥याउन मद्दत पुुग्नेगरी गहन विचारविमर्श हुनेछ । तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि हरप्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।… पुरा पढौ

अझै १५ वर्ष मर्दिनँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताएका छन्।   गृहमन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ‘केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु। म उपचारका लागि जान लागेको हो। तर अहिले म बिरामी होइन, १५ वर्षअघि बिरामी भएको हुँ।’ आफू भोलि सिंगापुर जान लागेको बताउँदै  प्रधानमन्त्री ओलीले भने, 'म भोलि सिंगापुर जाँदैछु। केही मान्छेले यो मरिहालोस् भनेका छन् । तर म अहिले मर्दिनँ। अर्को चुनावमा आफ्नो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं