मुख्य समाचार

‘रवि लामिछानेको न्यायको आवरणमा राजतन्त्रको आमन्त्रण नगरौं’

नेपाल राष्ट्रिय बुद्विजीवी संगठन चितवनले रवि लामिछानेको रिहाइका लागि गरिएको प्रदर्शनमा राजतन्त्रको आमन्त्रण गर्नु आफूहरुका लागि मान्य नभएको चेतावनी दिएको छ । संगठनले बिहीबार एक विज्ञप्ति जारी गर्दै पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका निष्पक्ष अनुसन्धानमा सहयो गर्न पनि अपील गरेको छ । संगठनका जिल्ला अध्यक्ष प्रेमराज रिमालले जारी गरेको विज्ञप्तिमा कसैले पनि आफू अन्यायमा पर्न नपरोस् र दोषी छुट्न नपाओस् भन्नेमा आफूहरु गम्भिर रहेको उल्लेख गरिएको छ। विज्ञप्तिमा प्रदर्शनमा भएका… पुरा पढौ

उपनिर्वाचनमा जुट्यो कास्की कांग्रेस : कुन वडामा कुन नेता खटाइए ?

उपनिर्वाचनको समय नजिकिंदै गर्दा कास्की कांग्रेस सक्रिय भएको छ । यसैक्रममा नेपाली कांग्रेस कास्कीले कास्की क्षेत्र नं २ को वडाहरूमा प्रतिनिधि खटाएको छ । उपनिर्वाचनलाई केन्द्रित गर्दै गत बिहीवारको बैठकले पार्टीलाई सशक्त र प्रभावकारी बनाएर परिचालन गर्न ११ वटा वडामा प्रतिनिधि खटाएको कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए । बैठकले पोखरा–१७ मा सभापति कृष्ण केसी, पोखरा २० मा उपसभापति आइबहादुर गुरुङ, पोखरा ११ मा सचिव सुदीपमोहन भट्टराई, पोखरा २१… पुरा पढौ

रवि लामिछाने हिरासतमा पनि व्यस्त !

सीधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रवि लामिछाने साउन ३० गतेदेखि चितवन प्रहरीको हिरासतमा छन् । हिरासतभित्र रवि के गरिरहेका छन् भन्ने धेरैको चासोको विषय हुन सक्छ । रवि आराम गर्नुका साथै कहिले पढ्ने त कहिले खेल्ने काममा व्यस्त छन् । भेटघाट गर्नका लागि आउनेसँग भेटघाटबाहेकको समयमा रवि हिरासतमै रहेका अन्य थुनुवासँगै लुँडो खेलेर समय बिताइरहेका छन् । बयान लिन थालेपछि छुट्टाछुट्टै बसेका रवि र युवराज बयान सकिएपछि पुनः एउटै कोठामा… पुरा पढौ

१६ सचिवको सरुवा, को-कहाँ पुगे ?

सरकारले १६ सचिवको सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गत भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकले १६ सचिवको सरुवा गरिएको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार माधव बेल्वासे राष्ट्रिय सतर्कता केन्द्रबाट खानेपानी तथा सरसफाइ मन्त्रालय, केदारबहादुर अधिकारी उद्योग, वाणिज्य तथा आपूर्तिबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डनय मन्त्रालय, मोहनकृष्ण सापकोटा पर्यटन मन्त्रालयबाट सार्वजनिक खरीद अनुगमन कार्यालय, महेशप्रसाद दाहाल श्रम, रोजगार तथा समाजिक… पुरा पढौ

तुइनरहित बन्यो तनहुँ

तनहुँ जिल्ला तुइनरहित भएको छ । जिल्लाका विभिन्न ८ ठाउँमा रहेका तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिएपछि तनहुँ तुइनरहित भएको हो । तुइन प्रयोग गरेर यात्रा गर्दा सर्वसाधारणको ज्यान जोखिममा परेपछि विसं २०७२ असोज २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरबाट तुइन विस्थापित गर्ने घोषणा गरेका थिए । सोही घोषणाबमोजिम जिल्लामा प्राविधिक कार्यालय र गैरसरकारी संस्था समन्वय समितिले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरेका छन् । गैरसरकारी संस्था… पुरा पढौ

ओलीले नेपाललाई भने : मरिहालोस् भन्नेको स्वास्थ्यलाभको शुभकामना कसरी लिनु ?

उपचारका लागि सिंगापुर जानुभन्दा केही घण्टा अगाडि मात्रै सत्ताधारी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उनका पछिल्ला केही निर्णयबाट असन्तुष्ट वरिष्ठ नेता माधव कुमार नेपालबीच चर्को विवाद भएको छ। बिहीबार विहान बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा ओली र नेपालबीचको मतभेद छताछुल्ल भएको हो। ओली र नेपालबीच भएको विवादको केही अंशः ओलीः म उपचारको लागि जाँदैछु। अब बाँकी सांगठनिक एकीकरणको काम उहाँ (प्रचण्ड) ले सम्हाल्नु हुने नै छ। सहमति अनुसार… पुरा पढौ

रवि लामिछाने पक्राउ प्रकरणमा रेणु दाहालको यस्तो प्रतिक्रिया (विज्ञप्तिसहित)

पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणपछि चितवनमा उत्पन्न परिस्थिति र सामाजिक सञ्जालमा भरतपुरकी मेयर रेनु दाहालमाथि भएको गालीगलौजपछि प्रेस विज्ञप्ति निकालिएको छ । पत्रकार सालिकराम पुडासैनिको मृतु अस्वभाबिक भएको भन्दै सम्बन्धित पक्षलाई सत्य तथ्य पता लगाउन अपिल समेत गरेकी छिन् । आत्महत्या घटनामा टेलिभिजन प्रस्तोता रवि लामिछाने लगायत ३ जना पक्राउ परेपछि सामाजिक सञ्जालमा नेकपा अध्यक्ष प्रचण्ड, मेयर रेनु दाहाल लगायतबारे अपशब्द र गालीगलौज भएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण भएको छ ।… पुरा पढौ

प्रचण्डले किन भेटेनन् एस जयशंकरलाई ?

दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल बसाइका क्रममा धेरैजसो नेताहरुसँग भेटवार्ता गरे ।  प्रधानमन्त्री, राष्ट्रपति र विभिन्न दलका नेताहरुलाई भेटेका एस जयशंकरको नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भने भेटवार्ता हुन सकेन । होटेल द्वारिकाजमा बसेका एस जयशंकरले प्रचण्डलाई बिहीबार बिहान भेटका लागि निम्तो पठाएका थिए । तर प्रचण्डले भने आफ्नो व्यस्तता देखाएर जयशंकरसँगको भेटवार्तालाई अस्वीकार गरेका थिए ।  तर, बिहीबारै पूर्व प्रधानमन्त्री तथा समाजवादी… पुरा पढौ

मन्त्री यादव रिसाएर जुरुक्क उठेपछि…

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सम्बन्धित मन्त्रीको उपस्थितिमा मात्रै मन्त्रालय र त्यससँग सम्बन्धित विषयको निर्णय गर्न संसदीय समितिलाई दबाब दिएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री यादवले आफ्नो अनुपस्थितिमा आफ्नो मन्त्रालय मातहका विषयमा निर्णय नगर्न सभापतिलाई चेतावनी नै दिएका हुन् । पुरा पढौ

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि बिहीबार दिउँसो सिंगापुरतर्फ प्रस्थान गरेका छन्। सिंगापुरमै स्वास्थ्य परीक्षण गराएर गत साउन २७ गते फर्किएका प्रधानमन्त्री ओली १० दिनपछि फेरि बिहीबार सिंगापुर उडेका हुन्। ओलीसँगै प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्या सिंह पनि थाई एयरवेजको जहाजमार्फत् दिउँसो साढे १ बजे सिंगापुरतर्फ लागेका हुन् । प्रमको बिदाइमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, संविधानसभाका अध्यक्ष तथा नेकपाका उपनेता सुवास नेम्वाङ र गृहमन्त्री… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं