ताजा समाचार

भाद्र ५ गते २०७६

रवि लामिछाने हिरासतमा पनि व्यस्त !

सीधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रवि लामिछाने साउन ३० गतेदेखि चितवन प्रहरीको हिरासतमा छन् ।

हिरासतभित्र रवि के गरिरहेका छन् भन्ने धेरैको चासोको विषय हुन सक्छ । रवि आराम गर्नुका साथै कहिले पढ्ने त कहिले खेल्ने काममा व्यस्त छन् ।

भेटघाट गर्नका लागि आउनेसँग भेटघाटबाहेकको समयमा रवि हिरासतमै रहेका अन्य थुनुवासँगै लुँडो खेलेर समय बिताइरहेका छन् ।

बयान लिन थालेपछि छुट्टाछुट्टै बसेका रवि र युवराज बयान सकिएपछि पुनः एउटै कोठामा बस्न थालेका छन् ।

चितवन पोष्टका अनुसार चोरी, लागूऔषध, सवारी ज्यान मुद्दाका आरोपितहरु उनीहरूसँगै रहेका छन्, जो उनीहरुका लुँडो खेल्ने साथी हुन् ।


Loading...