पोखराको जिरो किलोमिटरमा ट्रकको ठक्करबाट जनाको मृत्यु भएको छ । बुधबार दिउँसो २ बजे ‘लु १ ख ७९९०’ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार भारतीय नागरिकको मृत्यु भएको हो ।
मृत्यु हुने साइकलयात्री भारत मेनापुरका ५५ वर्षीय रफिक खान रहेको प्रहरीले जनाएको छ । खान अहिले पोखरा, ८ सिर्जनाचोकमा बस्दै आएका थिए ।
ट्रकको ठक्करबाट घाइते भएका खानलाई उपचारको लागि मेट्रोसिटी अस्पतालमा लगिएको थियो । ट्रकको ठक्करबाट घाइते भएका खानलाई उपचारको लागि मेट्रोसिटी अस्पतालमा लगिएको थियो ।
अस्पतालले उनलाई मृत घोषणा गरेपछि पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा राखिएको छ ।
ठक्कर दिने ट्रक चालक बागलुङ, धम्जा ७ का ३७ वर्षीय उजिरबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी शाहले जानकारी दिए ।






