पोखरा १८ का अध्यक्ष रणबहादुर थापा बुधबार प्रहरी हिरासत मुक्त भएका छन् । २ तिब्बती शरणाथीलाई वडाबाट नागरिकताका लाग सिफारिस गरेको अभियोगमा साउन ३१ गते उनी पक्राउ परेका थिए ।
थापासँगै पक्राउ परेका वडा सदस्य ज्ञानबहादुर थापासमेत छुटेका छन् । स्थानीय पञ्जिकाधिकारी राजेन्द्र पौडेल भने हिरासतमै छन् ।
जिम्मा जमानीमा तोकिएको मितिमा उपस्थित हुनेगरी उनीहरुलाई छाडिएको हो । पोखरा महानगरबाट उपप्रमुख मञ्जुदेवी गुरुङले जमानीमा कास्की प्रहरीबाट उनीहरुलाई हिरासत मुक्त गराएकी हुन् ।
पोखरा २५ हेमजाको तिब्बती शरणार्थी क्याम्पमा बस्ने सरु थापामगर र तासी आङ्मो थापामगरलाई आफ्नो छोरी बनाई पोखरा १८ सराङकोटका लेखबहादुर थापाले नागरिकता दिलाएका थिए ।






