मुख्य समाचार

दुवै देश मिलेर सहकार्य गर्न जरुरी छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिद्वारा आज आयोजित छलफलमा उनले बाँधका कारण उत्पन्न समस्या समाधानका लागि दुवै देश मिलेर सहकार्य र समझदारी गर्नु अपरिहार्य भइसकेको उनले बताए । पूर्वप्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले विपद् आएपछि मात्र उद्धार, राहत र तत्कालीन व्यवस्थाको… पुरा पढौ

सिंहदरबारभित्र कर्मचारी मृत फेला

सिंहदरबारभित्रको राष्ट्रिय योजना आयोग भवनमा एक कर्मचारी मृत भेटिएका छन्। आयोगमा कार्यरत नायब सुब्बा बच्चुराम केसी मृत भेटिएका हुन्। करिब ५० वर्षका उनी सभाहलमा ढलिरहेको अवस्थामा देखेपछि बिहान पौने १० बजे आयोगकै कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। अहिले शव भेटिएको आयोग परिसर सिल गरिएको छ। केसीको शव भेटिएको स्थानमै सेल्फस नामक विषादीको बट्टा पनि भेटिएको छ । पुरा पढौ

“सम्झौताले प्रहरीलाई जिम्मेवारीप्रति गम्भीर बनाउने” गृहमन्त्री थापा

गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता–२०७६ मा हस्ताक्षर भएको छ । सोमबार साँझ गृहमन्त्री रामबहादुर थापा ‘बादल को उपस्थितिमा मन्त्रालयका सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो । कार्यक्रममा गृहमन्त्री थापाले सम्झौताले प्रहरीलाई आफ्नो काम, जिम्मेवारी र उद्देश्यप्रति बढी गम्भीर बनाउने उल्लेख गर्दै सम्झौता इतिहासकै अग्निपरीक्षा भएकाले उत्कृष्ट नतिजा आउने गरी काम गर्नुपर्ने बताएका छन् । “मुलुकले राखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य… पुरा पढौ

सकिएन बयान, रविलाई म्याद थप गरिने

न्यूज २४ का पत्रकार रवि लामिछानेसहित तीन जनालाई प्रहरीले आज अदालतसँग थप म्याद माग्दैछ। पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि उनीहरु पक्राउ परेका हुन् । लामिछानेसँगको बयान नसकिएकाले मंगलबार पुनः म्याद माग्न लागिएको चितवन प्रहरीले जनाएको छ। पक्राउपछि प्रहरीले ३१ साउनमा अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको थियो। म्याद थपका लागि तीनैजनालाई मंगलबार दिउँसो अदालत पेस गर्ने प्रहरीको तयारी छ। त्यसअघि रविसँग थप बयान लिइनेछ। लामिछानेसँगै पक्राउ… पुरा पढौ

महंगो चुनाव, ५० पदका लागि ४० करोड खर्च

निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त निर्वाचनमा करीब पाँच लाख मतदातालाई मतदान गर्ने अधिकार हुनेछ । गत साउन १६ गते १८ वर्ष उमेर पुगेका तत् निर्वाचन केन्द्रमा मतदाता नामावलीमा नाम… पुरा पढौ

नेकपा प्रदेश २ अध्यक्षको राजीनामा

नेकपा प्रदेश–२ अध्यक्षबाट प्रभु साहले राजीनामा दिएका छन्। स्थायी कमिटिको दाबेदार मानिएका साह कमिटिमा नपरेपछि असन्तुष्ट थिए। प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीसँग सरसल्लाह नगरेको उनको दुखेसो छ। साहले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लाई राजीनामा बुझाएका छन् । पहिले डा बाबुराम भट्टराई निकट मानिएका उनी नयाँ शक्तिमा गएनन् । मधेसमा प्रभावशाली र लोकप्रिय मानिएका साहको राजीनामाले नेकपामा संकट आउने देखिन्छ । पुरा पढौ

पुडासैनी प्रकरणमा निर्दोषलाई फसाइए दुर्घटना निम्तिन्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले  पुडासैनी प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक गर्न माग गरेका छन् । पौडेलले टुइटर मार्फत आफ्नो धारणा राख्दै लेखेका छन् घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही होस् तर विभिन्न षडयन्त्र बुनेर निर्दोषलाई फसाउन यो घटनाको प्रयोग भयो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने बताएका छन् । घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै ट्विट गरेका छन् । नेता पौडेलले लेखेको ट्विट यस्तो छ, “पुडासैनी प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक होस्।… पुरा पढौ

रेलमा भारतीय र चिनीयाँबीच प्रतिस्पर्धा

उपत्यकामा मेट्रो रेल निर्माण र सञ्चालन गर्न विस्तृत सम्भाव्यता अध्ययन९डिपीआर०का लागि भारत र चिनियाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ ।  लगानी बोर्डको आगामी बैठकमा दुईवटा कम्पनीको प्रस्ताव मूल्यांकन प्रतिवेदन पेस गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।  चारवटा प्रस्तावमध्ये दुईवटाको मुल्यांकन गर्दा उपयोगी देखिएकाले मुल्यांकन प्रतिवेदन बोर्डमा पेश गर्ने तयारी भएको लगानी बोर्डका एक अधिकारीले बताए । अहिले डिपीआरका लागि राइट्स(रेल इन्डिया टेक्निकल एनड सर्भिसेज) र चीनको संयुक्त कम्पनी… पुरा पढौ

नेपालको साख निर्धारण गर्ने तयारी

देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण अर्थात् ‘सोभरेन रेटिङ’ को प्रक्रिया अघि बढाएको छ । गत साता अर्थ मन्त्रालयले राजस्व सचिव लालशंकर घिमिरेको संयोजकत्वमा ‘रेटिङ अभरसाइट कमिटि’ गठन गरेपछि यस्तो प्रक्रिया अघि बढको हो ।  कमिटिका सदस्यमा नेपाल राष्ट्र बैंकका डपुटी गभर्नर चिन्तामणी सिवाकोटी, बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँ, धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की र केन्द्रीय तथ्याङ्क विभागका सुमनराज अर्याल रहेका छन्… पुरा पढौ

१४ वर्षीया बालिकाले जन्माएकी शिशु विक्री !

बेलायती नागरिक डोना स्मिथले फर्जी कागजात बनाएर बेलायत लैजान खोजेको शिशुलाई १४ वर्षीया बालिकाले जन्म दिएको रहस्य खुलेको छ ।  तराई मुलकी सञ्जीवनी बर्थिङ सेन्टर हुँदै थापाथलीस्थित प्रसूतिगृहमा शिशुलाई जन्म दिएकी थिइन् ।  सेन्टरकी सञ्चालक एवं स्टाफ नर्स निर्मला मगरले मगरले गर्भपतन गराउन प्रसुतिगृह पठाएकी थिइन् । प्रहरीले मगरलाई पक्राउ गरिसकेको छ । त्यसअघि स्मिथलाई आठ हजार पाउन्डमा शिशु बिक्री गर्ने नेपाल बाल कल्याण समितिका निर्देशक बालकृष्ण डंगोललाई प्रहरीले पक्राउ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं