सिंहदरबारभित्रको राष्ट्रिय योजना आयोग भवनमा एक कर्मचारी मृत भेटिएका छन्। आयोगमा कार्यरत नायब सुब्बा बच्चुराम केसी मृत भेटिएका हुन्।
करिब ५० वर्षका उनी सभाहलमा ढलिरहेको अवस्थामा देखेपछि बिहान पौने १० बजे आयोगकै कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। अहिले शव भेटिएको आयोग परिसर सिल गरिएको छ।
केसीको शव भेटिएको स्थानमै सेल्फस नामक विषादीको बट्टा पनि भेटिएको छ ।






