मुख्य समाचार

पुडासैनी आत्महत्या प्रकरण : पाँच मिटर डोरी किनेको पसल भेटियो

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि डोरी किनेको पसल भेटिएको छ । चितवन प्रहरीका अनुसार नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको पाइएको छ ।  होलसेल पसल नजिकै रहेको एक पसलको सीसीटीभी फुटेज हेर्दा पुडासैनीले ५ मिटर डोरी किनेर लगेका छन् । सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर परीक्षणको लागि प्रहरी हेडक्वार्टर पठाइएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान बहादुर मल्लले आइतबार साँझ हार्डडिस्क लगेर प्रहरीले थप अनुसन्धान… पुरा पढौ

किन भयो हेलो नेपालको अनुमति खारेज ?

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार प्रदायक कम्पनी हेलो नेपालको अनुमति पत्र खारेज गरेको छ ।  हेलो नेपालले दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाएपछि खारेज गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।  ‘हामीले भदौ १ गतेसम्म प्राधिकरणलाई पहिलो किस्तामा रु सात करोड बक्यौता रकम बुझाउन भनेको थियौँ’, उनले भने, ‘तर उक्त अवधिमा हेलो नेपालले पहिलो किस्ताको रकम नबुझाएपछि अनुमति पत्र खारेज गरेका हौँ ।’ उनका अनुसार प्राधिकरणलाई हेलो नेपालले करीब रु… पुरा पढौ

प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आव्हान

धानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी बाँकी विषय टुंग्याउन सर्वदलीय र दुई दलीय बैठक आव्हान गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार ५ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै दल र बुधबार ५ बजेका लागि सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा) र प्रमुख विपक्षी दल नेपाली काँग्रेसको बैठक बोलाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाले जानकारी दिए ।  दुवै बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बोलाइएको हो । यसअघि आइतबार संसदमा… पुरा पढौ

विमानस्थलमा प्रहरीमाथि जाइलाग्नुको कारणबारे बोले पारस शाह

पूर्वयुवराज पारस शाहले हिजो त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा भएको घटनाको सम्बन्धमा फेसबुकमार्फत् स्पष्टीकरण दिएका छन् । शाहले सामाजिक सञ्जालमा स्टाटस् लेख्दै स्पष्टीकरण दिएका हुन् ।  उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका प्रहरी अधिकृतले आफ्नो छोरामाथि डण्डा बर्साएपछि सहन नसकेको र उनीमाथि जाइलागेको बताएका छन् । उनले स्पष्टीकरणमा लेखेका छन् , मेरो आमा उपचारको क्रममा बैंकक जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब त्यहाँका प्रहरी अधिकृतले मेरो छोरामाथि डण्डा बर्साए एउटा बाबुको नाताले मैले… पुरा पढौ

प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने तयारी !

यतिबेला पदीय हैसियतले नेकपामा विवादका साथै नयाँ तरंग उत्पन्न भएको छ । नेता–नेताबीचको असन्तुष्टि सतहमा आएका छन् । यो विवाद विशेषगरि पूर्व एमालेका नेताहरुको हो । यसअघि तेस्रो वरियतामा रहेका वरिष्ठ नेता माधवकुमार नेपाललाई चौथोमा झार्दै अर्का वरिष्ठ नेता झलनाथ खनाल तेस्रोमा उक्लिन सफल भएपछि यो विवाद सतहमा आएको हो । आइतबार बसेको पार्टी बैठकबाट खनाल बढुवा भएका हुन् भने नेपाल घटुवा भएका हुन् । पार्टीको यो निर्णयप्रति असन्तुष्टि जनाउँदै… पुरा पढौ

रवि लामिछाने पक्राउ प्रकरण : कांग्रेसको धारणा यस्तो (विज्ञप्तिसहित)

न्युज २४का कार्यक्रम संचालक रवी लामिछाने पक्राउको बिषयमा नेपाली कांग्रेस चितवनले जिल्लामा उत्पन्न असहज परिस्थिति प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। टेलिभिजन पत्रकार शालिकरा पुडासैनी चितवनको होटलमा मृत अवस्थामा फेला परे पछि अनुसन्धानका लागि संचारकर्मी रवि लामिछाने लगायत तीन जनालाई प्रहरीले हिरासतमा लिएको हो। रविलाई हिरासतमा लिईएपछि उनको समर्थनमा प्रदर्शन हुने क्रम निरन्तर जारी छ । प्रहरी र प्रदशर्नकारी  बिच झडपहरु पनि भैरहेका छन्। उक्त झडपले चितवन जिल्लामा असहज परिस्थिति… पुरा पढौ

सरकार प्रजातन्त्र बिरोधी : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले बर्तमान सरकार प्रजातन्त्र बिरोधी भएको बताएका छन् । आज सोमबार के न्दय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सरकार प्रजातन्त्र बिरोधी भएको प्रष्ट भईसकेको बताएका हुन् । सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको बिरोध गर्दै उनले भने “अहिलेको सरकारले जनताका सबै अधिकारहरु खोस्दैछ । मैले त पहिला नै भनेको थिए की बोल्न पनि पाईदैन भनेर” । साथै सरकारले मानव… पुरा पढौ

गैँडालाई राईनो नभन्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले गैँडालाई राईनो नभन्न आग्रह गरेका छन् । एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनलाई आज सोमबार सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। गैँडालाई राईने भनिएको प्रति उनले असन्तुष्टी जनाउँदै प्रधानमन्त्रीले गैँडालाई गैँडालाई भन्न आग्रह गरेका हुन् । उनले भने “गैँडाज आर गैँडाज नट राईनोज” । साथै उनले सगरमाथालाई पनि सगरमाथा नै भन्न आग्रह गरे । उनले भने “सगरमाथालाई माउन्ट एभरेष्ट भन्नुको साटो सगरमाथा नै… पुरा पढौ

रवि लामिछाने पक्राउ प्रकरण : सर्वदलीय बैठकले गर्यो यस्ता ३ महत्वपूर्ण निर्णय

चितवनमा पछिल्लो समय भएको दैनिक प्रदर्शनलाई मध्यनजर गर्दै शान्ति सुरक्षा प्रभावकारी बनाउन सर्वदलीय सहमति जुटेको छ ।  जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वदलीय बैठकले सर्वसाधारणको दैनिकी प्रभावित हुन नदिन स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीको समेत उपस्थितिमा बसेको बैठकले शान्तिसुरक्षा प्रभावकारी बनाउनेसहितका तीनवटा महत्वपूर्ण निर्णय गरेको हो ।  न्यायीक हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलगायत अन्य दुई जनाको विषयमा छानविनका लागि सहयोग पुर्याउँन सहयोग गर्ने र जनताको दैनिक… पुरा पढौ

ओलीले देउवाको हातै समाएर बाहिर लगेपछि प्रचण्ड….(फोटो फिचरसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा उपचार गराएर आएपछि पहिलो पटक प्रतिनिधिसभामा आइतबार सम्बोधन गरे। सम्बोधनको क्रममा उनले समसामयिक राजनीति, सरकारको कामकारबाही, शान्ति सुरक्षा, अख्तियारको कामबारे सदनलाई जानकारी गराए। करिब आधा घन्टा सम्बोधन गरेपछि उनी आफ्नो सिटमा आएर बसे। प्रधानमन्त्रीको सिटसँगै अर्को लहरमा प्रमुख प्रतिपक्षी शेरबहादुर देउवा बसेका थिए। प्रधानमन्त्री ओली र देउवाले केहीबेर कुराकानी गरे। त्यसपछि दुबै जना उठे। प्रधानमन्त्रीले देउवाको हात समाउँदै बाहिर लगे। ओली र देउवा बाहिर जान… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं