प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आव्हान

धानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी बाँकी विषय टुंग्याउन सर्वदलीय र दुई दलीय बैठक आव्हान गरेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार ५ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै दल र बुधबार ५ बजेका लागि सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा) र प्रमुख विपक्षी दल नेपाली काँग्रेसको बैठक बोलाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाले जानकारी दिए । 

दुवै बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बोलाइएको हो । यसअघि आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी आयोगले यसै साता पूर्णता दिने बताएका थिए ।