ताजा समाचार

भाद्र २ गते २०७६

गैँडालाई राईनो नभन्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले गैँडालाई राईनो नभन्न आग्रह गरेका छन् । एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनलाई आज सोमबार सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

गैँडालाई राईने भनिएको प्रति उनले असन्तुष्टी जनाउँदै प्रधानमन्त्रीले गैँडालाई गैँडालाई भन्न आग्रह गरेका हुन् । उनले भने “गैँडाज आर गैँडाज नट राईनोज” ।

साथै उनले सगरमाथालाई पनि सगरमाथा नै भन्न आग्रह गरे । उनले भने “सगरमाथालाई माउन्ट एभरेष्ट भन्नुको साटो सगरमाथा नै उच्चारण गरिदिनुस” । त्यसो त प्रधानमन्त्रीले यसअघि पनि सबैलाई गैँडालाई राईनो नभन्न आग्रह गरेका थिए ।

सोमबारदेखि सुरु सम्मेलनमा ४३ देशका ४ सयभन्दा धेरै प्रतिनिधि सहभागी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।


Loading...