ताजा समाचार

भाद्र २ गते २०७६

सरकार प्रजातन्त्र बिरोधी : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले बर्तमान सरकार प्रजातन्त्र बिरोधी भएको बताएका छन् ।

आज सोमबार के न्दय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सरकार प्रजातन्त्र बिरोधी भएको प्रष्ट भईसकेको बताएका हुन् ।

सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको बिरोध गर्दै उनले भने “अहिलेको सरकारले जनताका सबै अधिकारहरु खोस्दैछ । मैले त पहिला नै भनेको थिए की बोल्न पनि पाईदैन भनेर” ।

साथै सरकारले मानव अधिकार आयोगलाई महान्यायाधिवक्ताको मातहतमा सरकारले राख्न खोज्नु नै प्रजातन्त्र बिरोध भएको प्रष्ट भएको बताए । उनले सरकार प्रजातन्त्र बिरोध हुँदै गर्दा त्यसको बिरोधमा सदनदेखि सडकसम्म तताउँने चेतावनी दिएका छन् ।