मुख्य समाचार

वैदेशिक रोजगारीमा ९६ करोड ठगी

वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७५/७६ मा १५ करोड ८४ लाख ठगी भएको हो ।  अघिल्लो आवमा डेढ अर्ब ठगी भएको थियो । व्यक्तिगततर्फ ५६ करोड २१ लाख र संस्थागततर्फ ३९ करोड ६३ लाख ठगी भएको छ । ठगी बढ्दै गएपछि नियन्त्रण गर्न सरकारले अनुगमन संयन्त्र प्रभावकारी बनाउने भएको छ ।  वैदेशिक रोजगारीमा ठगी नियन्त्रण गर्न सरकारले विगतदेखि… पुरा पढौ

दलितले दिएको दही खाँदा ७६ वर्षीय वृद्ध सामाजिक बहिष्कारमा

दलित बालबालिकाले दिएको दही खाँदा खोटाङका एक ७६ वर्षीय वृद्ध सामाजिक बहिष्कारमा परेका छन्।  जिल्ला समन्वय समिति खोटाङले दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाको खाल्लेमा आयोजना गरेको सहभोजमा दही खाएपछि आफ्नै दाजुभाइले सामाजिक बहिष्कार गरेको वृद्धको आरोप छ। उनी सोही नगरपालिका–१ का बासिन्दा हुन्। जिसस खोटाङले असार १८ गते आयोजना गरेको सहभोजमा टंकप्रसाद आचार्यले दलित बालबालिकाले दिएको दही खाँदै मानव मानवमा छुवाछुत गर्नु नहुने भन्दै सबैमा सचेतना जगाउनु पर्ने उद्घोष गरेका थिए। … पुरा पढौ

मेलम्चीको काम ९ महिनादेखि ठप्पः प्रधानमन्त्री भन्छन्, ‘छिट्टै आउँछ’

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै मेलम्चीको पानी उपत्यकामा चाँडै ल्याउने प्रतिबद्धता दोहोर्याएका छन् । प्रधानमन्त्रीले पटक–पटक मेलम्चीको पानी छिट्टै काठमाडौँ ल्याउने प्रतिबद्धता जनाए पनि आयोजनाको काम भने सुचारु हुन सकेको छैन । ओलीले केही ढिलाइ भए पनि मेलम्चीको पानी ल्याइने बताए । गत पुसमा इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रुपमा टाट पल्टेको घोषणा गर्दै काम छोडेपछि मेलम्ची खानेपानी आयोजनाका काम ठप्प छ । यो समाचार आजको… पुरा पढौ

पूर्वयुवराज पारसले विमानस्थलमा प्रहरीमाथि हात उठाएपछि…

पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरिक्षक (सई) लाई दुर्व्यवहार गरेका हुन् ।  ती प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरेको भनिए पनि सो घटनाबारे महानगरीय प्रहरी आयुक्तको कार्याल्य रानीपोखरीले समेत जानकारी राखेको छ । थाइल्याण्डमा रहेका ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी कोमल शाहलाई बिदा गर्न पारस पनि विमानस्थल पुगेका… पुरा पढौ

नेकपामा विवाद गहिरिँदै

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको १५ महिनापछि नेता माधवकुमार नेपालको बरियता खोसिएको छ । यससँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिन पुगेको छ ।  आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रस्ताव स्वीकार गर्दै अध्यक्षद्वयपछिको बरियताक्रममा उनलाई ल्याइएको छ ।  खनाल पार्टी एकीकरणपछि नेता नेपालभन्दा पछाडिको रोलक्रममा थिए । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।  पुरा पढौ

प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली यही भदौ ५ गते (बिहीबार) थप उपचारका लागि सिंगापुर जाने भएका छन् । करिब एक साताअघि सिंगापुरमा स्वास्थ्य उपचार गराएका फर्किएका प्रधानमन्त्री ओली ‘फलोअप’ का लागि जान लागेका हुन् । बालुवाटार स्रोतका अनुसार यसअघिको उपचारमा दुई साइकल औषधि चलाइएको र थप एक साइकल तीन साताको बीचमा चलाउनुपर्ने चिकित्सकको सल्लाहबमोजिम ओली सिंगापुर जान लागेका हुन् । चिकित्सकले सिफारिस गरेको औषधिको ‘साइड इफेक्ट’ देखिएकाले पनि प्रधानमन्त्री ओली तत्कालै… पुरा पढौ

ओलीले अध्यक्ष नछाड्ने, प्रचण्डले एक्लै नखाने !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्षनेताबीच आइतबार बालुवाटारमा चर्काचर्की भयो । पूर्वप्रधानमन्त्री माधव नेपालले प्रधानमन्त्री केपी ओलीलाई अध्यक्ष पद छाडेर प्रधानमन्त्रीको मात्र जिम्मेवारी सम्हाल्न आग्रह गर्नासाथ प्रचण्डले दुबै पदमा ओलीलाई समर्थन गरे । यसअघि प्रचण्डले आलोपालोको कुरो झिक्दै प्रधानमन्त्री र अध्यक्ष एक/एक जनाले चलाउनुपर्ने अडान राख्दै आएका थिए । आइतबार यही विषयमा माधव नेपालले कुरा उठाएर प्रचण्डलाई अध्यक्षको जिम्मेवारी दिन आग्रह गर्दा प्रचण्ड स्वयं ओलीतिरै लागेकोे माधव नेपाल पक्षको… पुरा पढौ

माधवकुमार नेपालको तेस्रो वरियता खोसियो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा माधवकुमार नेपालको तेस्रो वरियता खोसिएको छ । आइतबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको सचिवालय बैठकले झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेको हो । नेपाल अब चौथो नम्बरमा पुगेका छन् । तत्कालीन एमाले र माओवादीबीच एकता हुँदा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछि तेस्रो वरियतामा नेता नेपाललाई राखिएको थियो । नेता खनालले त्यसमा असहमति जनाउँदै आफू तेस्रो वरियतामा हुनुपर्ने माग गरेका थिए । झण्डै… पुरा पढौ

नेकपाले जनवर्गीय संगठन र विशेष कमिटीका इन्चार्ज-अध्यक्ष तोक्यो (नामावलीसहित)

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका इन्चार्ज र सहइन्चार्ज तथा अध्यक्ष र सचिवहरू तोकेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको सचिवालय बैठकले सांगठनिक एकताका बाँकी कामलाई पूर्णता दिएको हो । उपत्यका विशेष कमिटी इन्चार्ज लिलामणि पोखरेल, सहइन्चार्ज भानुभक्त ढकाल र अरुण नेपाल तथा अध्यक्ष राजन भट्टराई र सचिवमा लेखनाथ न्यौपाने तोकिएका छन् । युवा तथा विद्यार्थी विशेष कमिटीमा इन्चार्ज माधव ढुंगेल, सहइन्चार्ज… पुरा पढौ

‘सरकार लोकतन्त्रका लागि लडेको होइन’नेता रिजाल

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले लोकतन्त्रका लागि लडेको भन्दैमा कसैलाई पनि जे पायो त्यहि गर्ने छुट नहुने बताएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्वोधनपछि नेता रिजालले यो सरकार लोकतन्त्रका लागि लडेको सरकार हो भनेर दोहोर्‍याइरहनु आवश्यक नरहेको बताए । ‘सरकार लोकतन्त्रका लागि लडेको होइन, लोकतन्त्रका लागि लडेका मानिसले बनाएको सरकार होला । प्रधानमन्त्री ज्यू हेक्का रहोस ।’ एक पटकको लडाइले जीवनभर जे पनि गर्नलाई लाइसेन्स दिंदैन’, उनले भने, ‘हिजो प्रजातन्त्रका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं