‘सरकार लोकतन्त्रका लागि लडेको होइन’नेता रिजाल

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले लोकतन्त्रका लागि लडेको भन्दैमा कसैलाई पनि जे पायो त्यहि गर्ने छुट नहुने बताएका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्वोधनपछि नेता रिजालले यो सरकार लोकतन्त्रका लागि लडेको सरकार हो भनेर दोहोर्‍याइरहनु आवश्यक नरहेको बताए । ‘सरकार लोकतन्त्रका लागि लडेको होइन, लोकतन्त्रका लागि लडेका मानिसले बनाएको सरकार होला । प्रधानमन्त्री ज्यू हेक्का रहोस ।’

एक पटकको लडाइले जीवनभर जे पनि गर्नलाई लाइसेन्स दिंदैन’, उनले भने, ‘हिजो प्रजातन्त्रका लागि लड्नेहरु पञ्चायतमा गए । वाम आन्दोलनका लागि लडेकाहरुले घुँडा टेके त्यसैले एउटा लडाईले सदैब त्यो अधिकार नदिने चेतावनी दिएका छन् ।

‘नेता रिजालले अर्को चुनावपछि आफूलाई पनि सरकारमा बस्न मन नलागेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति व्यग्य गर्दै अर्को चुनावमा कांग्रेसबाहेक अरुको सरकार नबन्ने पनि बताए । ‘एउटा कुरा खुशी लाग्यो, प्रधानमन्त्रीले भन्नु भयो अर्को चुनाव नभएसम्म यही सरकार रहन्छ ’।

यस्तो काम देखेपछि अर्को पल्ट त कांग्रेस बाहेक अरु कसको सरकार बन्छ ?’ प्रधानमन्त्रीले यो कार्यकालसम्म सरकारमा आफै बस्ने भन्ने भनाइले सत्ताभित्रै तरङ्ग गयो कि भन्ने आशंका पनि उनले व्यक्त गरेका छन् ।