महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकामा इस्लाम धर्मको परम्परा निभाउने क्रममा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका दुईमहिने छोरा फिरोज शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।
इस्लाम धर्मअनुसार बालक शेषको गए राति खतना (लिङ्गको टुप्पो माथिको बाहिरी मासु का’टिने काम) गरिएपछि अत्यधिक रक्तस्रा’व भएर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताएका छन् ।
परिवारजनले धर्म गुरुहरु, आफन्त, इष्टमित्र र नाता कुटुम्बलाई बोलाई बाजागाजाका साथ पूजाआजा र भोजभतेर गरी खतना गर्दा अत्यधिक रक्तस्रा’व भएको र रक्तस्राव नरोकिएपछि उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा बालकको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
इस्लाम धर्मलम्बिहरुले हरेक छोराको लि’ङ्गको टुप्पो माथिको बाहिरी मासु काटिने काम परम्परा देखि चल्दै आएको हो ।






