मुख्य समाचार

सबै नेपालीलाई सैनिक तालिम माग गर्दै संविधान संशोधन विधेयक दर्ता

सबै नेपालीलाई सैनिक तालिमको व्यवस्था गर्न माग गर्दै गैरसरकारी विधेयक दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार यो व्यवहोराको संविधान संशोधन विधेयक संघीय संसद् सचिवालयमा दर्ता गराएका हुन् । सुवालले शुक्रबार २ बजेर २० मिनेटमा यो विधेयक दर्ता गराएका हुन् । विधेयकमा नेपालका नागरिक सबैलाई सैनिक तालिम दिनुपर्ने, राष्ट्रपति कार्यकारी प्रमुख हुनुपर्ने लगायत विषय समेटेका छन् । अब संविधान संशोधन विधेयक विधेयकको संख्या ४ पुगेको छ। पुरा पढौ

गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धकसहित ४ विरुद्ध मुद्दा दायर

गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धक सुशील कोइरालासमेत ४ जनाविरुद्ध बिगो २६ लाख १६ हजार १० रुपैयाँ अनियमितता गरेको अभियोगमा मुद्दा दायर भएको छ । गोरखापत्र संस्थानले प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी रकम हिनामिना गरेको अख्तियारले जनाएको छ । गोरखापत्र संस्थान र प्रिन्टसेल इमेजिङ प्रालिबीच न्यूज प्रिन्ट कागज खरिदसम्बन्धी सम्झौतामा भन्सार महशुलबापतको सम्पूर्ण रकम प्रिन्टसेल कम्पनीकै हुने भन्ने स्पष्ट व्यहोराको सम्झौताविपरीत तत्कालीन महाप्रबन्धक सुशील कोइरालासमेतको मिलेमतोमा आफूलाई फाईदा… पुरा पढौ

शाखा अधिकृतको ‘आम्दानी’ १० करोड !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय ललितपुरका अधिकृत बद्री ढकालविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारकाले ढकालले १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ गैरकानुनी सम्पति आर्जन गरेको भन्दै विशेष अदालतमा र्मगलबार आरोपपत्र दायर गरेको छ । ढकाल २०५४ सालमा शिक्षक हुँदै २०५५ सालबाट निजामती सेवामा कार्यरत थिए । ढकालले साली, जेठान लगायतका नाममा बैंक खाताबाट कारोबार गर्ने गरेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए । पुरा पढौ

गण्डकी सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ)

माननीय सभामुख महोदय,माननीय सदस्यहरू1. विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणबाट मानव सभ्यता र मानव जातिमाथि नै अकल्पनीय संकट आइपरेको छ। महामारी विरुद्ध प्रदेश सरकार आफ्नो सम्पूर्ण क्षमता, स्रोत र साधनकासाथ जुटिरहेको यस कठिन घडीमा गण्डकी प्रदेश सभाको छैटौं अधिवेशनमा प्रदेश सरकारको आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछु। प्रस्तुत नीति तथा कार्यक्रमले कोभिड १९ बाट प्रदेशवासीको जीवन रक्षा गर्ने र महामारीबाट शिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाउने… पुरा पढौ

‘सक्नेले अनुदान लगे, हामीलाई कसैले सोधेन’

लमजुङमा नाममात्रका फर्म खडा गरेर प्रदेश र स्थानीय सरकारबाट पूर्व सांसद्, जनप्रतिनिधिका आफन्त, नेताका नातेदारले कृषि अनुदान पाइरहेका छन् । एक कृषक भन्छन्, “सक्नेले अनुदान लगे, हामीलाई कसैले सोधेन ।” लमजुङको दोर्दी गाउँपालिका–३ का बुद्धिराम गुरुङ २०६४ को संविधानसभा चुनावमा लमजुङ क्षेत्र नम्बर १ बाट तत्कालीन नेकपा माओवादीबाट प्रत्यक्ष निर्वाचित सांसद् हुन् । उनले आर्थिक वर्ष २०७५/७६ मा गण्डकी प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट बाख्रापालनका लागि रु.१० लाख अनुदान… पुरा पढौ

बागलुङमा ६ जनालाई कोरोना संक्रमण

बागलुङमा बुधबार ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो समयमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनाको नमूना परिक्षणमा कोरोना संक्रमण देखिएको हो ।बाग्लुङ्ग जिल्ला बढीगाड गाउँपालिका स्थित त्रिभूवन माद्यामिक विद्यालय क्वारेन्टाइनमा रहेका बर्ष १९ र २० का २ जना पुरुष तथा बाग्लुङ्ग जिल्ला तमनखोला गाउँपालिका स्थित धनगौज्योती माध्यामिक विद्यालय क्वारेन्टाइनमा रहेका बर्ष क्रमशः २१, २७, २७ र २१ का ४ जना पुरुष समेत गरि ६ जनामा कोरोना संक्रमणको पुष्टि… पुरा पढौ

एमसिसी सिधै संसदमा पेश गरे दुर्घटना : खनाल

नेकपा वरिष्ठ नेता एवं नेकपाले बनाएको एमसिसी अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले एमसिसीबारे पार्टीमा छलफलपछि मात्र निर्णय लिइने जनाएका छन् । उनले सकभर एमसीसीबारे केन्द्रीय कमिटीमा छलफल गर्नुपर्ने त्यसो गर्न नसकिए स्थायी कमिटीमा छलफल गरेर निर्णय लिइनुपर्ने विचार राखे । यदि पार्टीमा छलफल नै नगरी संसदको कार्यसूचीमा प्रवेश भयो भने दुर्घटना हुने उनले बताए । खनालले भने, ‘पार्टीमा छलफल नभइकन यो कुरा अगाडि बढ्नै सक्दैन । त्यो भन्दा अरु वा… पुरा पढौ

दर्ता भएको एक वर्षपछि एमसीसी सम्झौता सदनको कार्यसूची बन्दै

दर्ता भएको झण्डै एक वर्षपछि अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) सम्झौता संघीय संसद्को कार्यसूचीमा पर्ने भएको छ। सो सम्झौताबारे राजनीतिकरुपमा बहस भएसँगै र केही महिना सभामुखको रिक्तताका कारण संसद्को अघिल्ला अधिवेशनमा प्रस्ताव पेश हुन नपाए पनि चालू छैटौँ अधिवेशनमा कार्यसूचीका रुपमा प्रवेश पाउने भएको हो। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सो सम्झौता यथावस्थामा पारित नगर्न आवाज उठेकाले सो प्रस्ताव थन्किएको थियो। नेकपाको गत माघ १५ देखि १९… पुरा पढौ

कास्कीको मादीका इन्जिनियरलाई भ्रष्टाचार मुद्दा

जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट खटिएका मादी गाउँपालिकामा खटिएका सबइन्जिनियर नवलेसकुमार रौनियारउपर शुक्रबार भ्रष्टाचार मुद्दा दायर भएको छ । रौनियारले मादी गाउँपालिका वडा नं। ९ का सेवाग्राहीसँग घुस ४० हजार ५ सय लिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट प्राप्त पत्र तथा सञ्चारमाध्यमद्वारा प्रसारित सामग्रीसमेतको आधारमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । भूकम्पपीडितबाट भूकम्पमा परी भत्किएको घर नयाँ बनाएवापत नेपाल सरकारबाट प्रदान… पुरा पढौ

एकल महिला र अपांगता भएकाको सुविधा कटौतिविरुद्ध सर्वोच्चमा रिट दायर गरिने

सरकारले एकल महिला र अपांगता भएका व्यक्तिहरुले पाउदै आएको सुविधा कटौती गरेको विरुद्धमा सर्वोच्चमा रिट दायर गरिने भएको छ । आफुहरुलाई जानकारी नै नदिई सुविधा कटौति गरेको भन्दै मानव अधिकारका लागि महिला, महिला एकल समूहले सर्वोच्चमा रिट दायर गर्न लागेको समूहका अधयक्ष लिली थापाले बताइन् । गृह मन्त्रालयले ६० वर्ष मुनिका एकल महिला र निलो कार्ड प्राप्त अपांगता भएका व्यक्तिहरुको भत्ता रोक्न स्थानीयतहलाई पत्र पठाएपछि सुबिधा कटौती गरेको थाहा भएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं