सबै नेपालीलाई सैनिक तालिम माग गर्दै संविधान संशोधन विधेयक दर्ता

सबै नेपालीलाई सैनिक तालिमको व्यवस्था गर्न माग गर्दै गैरसरकारी विधेयक दर्ता भएको छ ।

सांसद प्रेम सुवालले शुक्रबार यो व्यवहोराको संविधान संशोधन विधेयक संघीय संसद् सचिवालयमा दर्ता गराएका हुन् । सुवालले शुक्रबार २ बजेर २० मिनेटमा यो विधेयक दर्ता गराएका हुन् ।

विधेयकमा नेपालका नागरिक सबैलाई सैनिक तालिम दिनुपर्ने, राष्ट्रपति कार्यकारी प्रमुख हुनुपर्ने लगायत विषय समेटेका छन् ।

अब संविधान संशोधन विधेयक विधेयकको संख्या ४ पुगेको छ।