शाखा अधिकृतको ‘आम्दानी’ १० करोड !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय ललितपुरका अधिकृत बद्री ढकालविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारकाले ढकालले १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ गैरकानुनी सम्पति आर्जन गरेको भन्दै विशेष अदालतमा र्मगलबार आरोपपत्र दायर गरेको छ । ढकाल २०५४ सालमा शिक्षक हुँदै २०५५ सालबाट निजामती सेवामा कार्यरत थिए ।

ढकालले साली, जेठान लगायतका नाममा बैंक खाताबाट कारोबार गर्ने गरेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।