एमसिसी सिधै संसदमा पेश गरे दुर्घटना : खनाल


नेकपा वरिष्ठ नेता एवं नेकपाले बनाएको एमसिसी अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले एमसिसीबारे पार्टीमा छलफलपछि मात्र निर्णय लिइने जनाएका छन् ।

उनले सकभर एमसीसीबारे केन्द्रीय कमिटीमा छलफल गर्नुपर्ने त्यसो गर्न नसकिए स्थायी कमिटीमा छलफल गरेर निर्णय लिइनुपर्ने विचार राखे । यदि पार्टीमा छलफल नै नगरी संसदको कार्यसूचीमा प्रवेश भयो भने दुर्घटना हुने उनले बताए । खनालले भने, ‘पार्टीमा छलफल नभइकन यो कुरा अगाडि बढ्नै सक्दैन । त्यो भन्दा अरु वा अन्यथा ढङ्गले अगाडि बढ्यो भने दुर्घटना हुन्छ ।’

खनाल नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाइसके पनि त्यसबारे नेकपामा छलफल भएको छैन । असार १६ गतेबाट कार्यान्वयन जानुपर्ने एमसिसी पार्टीमा छलफलै नगरी संसदबाट पारित गराउने प्रधानमन्त्रीको संकेत बुझेपछि खनालको यस्तो चेतावनीपूर्ण प्रतिक्रिया आएको हो ।

वर्तमान सरकार पार्टीको सरकार भएकाले पार्टीको निर्णय मान्नै पर्ने उनको भनाइ छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं