मुख्य समाचार

‘पोखराले हेप्यो, लेखनाथ नै फर्काइदेऊ’

साबिकको लेखनाथ नगरपालिकाका बासिन्दाले साबिक नगरपालिका बनाउन सरकारसँग माग गरेका छन् । पोखरा महानगरपालिकाले विकास, निर्माणमा साबिक लेखनाथका वडालाई पछाडि पारेको भन्दै लेखनाथवासीले पोखरा महानगरपालिकाबाट छुट्याएर पुनः लेखनाथ नगरपालिका घोषणा गर्न माग गरेका हुन् । जागरुक नागरिक समाज पोखरा २६ कास्कीद्वारा सोमबार लेखनाथको सुन्दरीबजारमा आयोजित साबिक लेखनाथ नगरपालिका हिजो, आज र भोलि विषयक अन्तरक्रियामा सहभागीले त्यस्तो माग गरेका हुन् । विसं २०५३ माघ १८ गते त्यस क्षेत्रका चार गाविस राखी,… पुरा पढौ

एमाले सांसद कोइरी निलम्बित

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका छन् । नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई मंगलबार सभामुख घिमिरेले निलम्बनको निर्णय गरेको हो । महोत्तरी–१ बाट निर्वाचित कोइरी नेकपा एमालेका सांसद हुन् । २०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी… पुरा पढौ

डाक्टरको जाँच शुल्क बढ्यो

आगामी जेठ १ गतेदेखि अस्पतालको बहिरंग (ओपिडी) शुल्क वृद्धि हुने भएको छ। स्वास्थ्य मन्त्रालयसँगको सहमति अनुसार नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल ९अफिन०को बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो। निर्णयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सहमति जनाइसकेको छ। जेठ १ गतेदेखि लागू हुने गरी ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय भएको चिकित्सक संघ र अफिनद्वारा… पुरा पढौ

‘मजदूर कवि’ले मन जिते

विश्व मजदूर दिवसको अवसरमा सोमबार काठमाडौंमा कन्सेप्ट नेपालले आयोजना गरेको ‘काठमाडौंमा भुइँमान्छेका कविता’ कार्यक्रममा पोखरेली ‘मजूदर कवि’ इन्द्र राना ‘प्रतीक’ले प्रभावशाली कविता सुनाएर सबैको मन जितेका छन् । मण्डला थिएटरमा खचाखच दर्शकबीच उनको पहिलो कविता कृति ‘भुइँमान्छेका कविता’ लोकार्पण, सम्मान र एकल वाचन भएको हो । प्रतीकले दर्शकलाई १० कविता सुनाए । साहित्यकार माया ठकुरी,संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, कवि ‘प्रतीक’ र प्रकाशक बुक्स हिमालयका प्रमुख पवन शाक्यले संयुक्त रुपमा लोकार्पण गरेको… पुरा पढौ

उत्पादन र रोजगारलक्षित बजेट ल्याउँछौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताउनुभएको छ। आइतबार दिउँसो सिंहदरबारमा किसान संगठनहरूका प्रतिनिधिहरूसँगको संयुक्त भेटमा प्रधानमन्त्रीले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भएकाले सरकारले सोहीअनुसार तयारी गरिरहेको बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, "कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ। यसपटकको नीति, कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सिर्जनाका लागि नयाँ… पुरा पढौ

गण्डकीमा २ मन्त्रीसहित मुख्यमन्त्री सुरेन्द्रको सपथ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ३ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । मन्त्रिपरिषदमा कांग्रेसकै सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला सिम्खडा मन्त्री बनेका छन् । मन्त्रीहरुको मन्त्रालय भने तोकिएको छैन । प्रदेश प्रमुख प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार बिहन उनीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । सुरेन्द्र बिहीबार ३५ सासदको समर्थनसहित मुुख्यमन्त्री नियुुक्त भएका थिए । पुरा पढौ

नेपालमै बनेका गाडी दर्ता हुने बाटो खुला

यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता गर्त विशेष व्यवस्था गरेको छ। बिहीबार सूचना जारी गर्दै विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन भएको जनाएको हो । अब विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि प्रज्ञापनपत्र आवश्यक नहुने भएको छ । यी कागजातको सटो… पुरा पढौ

गण्डकीमा बन्यो नयाँ सरकार, सुरेन्द्र मुख्यमन्त्री

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ गरी ३५ सांसदको समर्थन छ । पाण्डे गोरखा २ को प्रदेश २ बाट निर्वाचित भएका हुन् । नयाँ मुख्यमन्त्रीलाई शपथ भने शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले गराउने तय छ ।… पुरा पढौ

ढाकाकुमारको सांसद पद गयो

राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको सूचना सदनमा जानकारी गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको सङ्घीय संसद् सचिवालयलाई प्राप्त भएको जानकारी गराएका हुन् । सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ (१) बमोजिम दलबाट निष्काशन गरेको सूचनाको जानकारी सोही ऐनको दफा ३६ को प्रयोजनका लागि दफा ३५(१) बमोजिम सभालाई जानकारी गराएका हुन् ।… पुरा पढौ

अब ड्राइभिङ लाइसेन्स नवीकरण १० वर्षमा

ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था गरिने भएको छ । हाल पाँचरपाँच वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था अलि झण्झटिलो भएकाले १०÷१० वर्षमा नवीकरण गर्ने व्यवस्थाका लागि प्रचलित कानुन नै संशोधन गर्न लागिएको छ । ‘नवीकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने भएकोले र अलि झण्झटिलो पनि हुने भएकाले यसलाइ १० वर्षमा नवीकरण गर्ने कुरा कानुनी रुपमै प्रक्रिया अगाडि बढाएका छौं’ मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं