एमाले सांसद कोइरी निलम्बित

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका छन् ।

नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई मंगलबार सभामुख घिमिरेले निलम्बनको निर्णय गरेको हो । महोत्तरी–१ बाट निर्वाचित कोइरी नेकपा एमालेका सांसद हुन् ।

२०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी हालसम्म फरार छन् ।

सांसद डा ढाकाकुमार श्रेष्ठलाई रास्वपाले पत्र पठाएको केही दिनमै निलम्बन गरेका सभामुखले एमाले सांसदलाई जगाएको आरोप लागेको थियो ।