गण्डकीमा २ मन्त्रीसहित मुख्यमन्त्री सुरेन्द्रको सपथ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ३ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

मन्त्रिपरिषदमा कांग्रेसकै सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला सिम्खडा मन्त्री बनेका छन् । मन्त्रीहरुको मन्त्रालय भने तोकिएको छैन ।

प्रदेश प्रमुख प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार बिहन उनीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । सुरेन्द्र बिहीबार ३५ सासदको समर्थनसहित मुुख्यमन्त्री नियुुक्त भएका थिए ।