गण्डकी प्रदेशको मुख्यमन्त्रीमा बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् ।
उनलाई नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ गरी ३५ सांसदको समर्थन छ । पाण्डे गोरखा २ को प्रदेश २ बाट निर्वाचित भएका हुन् ।
नयाँ मुख्यमन्त्रीलाई शपथ भने शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले गराउने तय छ । प्रदेश प्रमुख गुरूङले बिहीबार अपरान्ह ४ बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान गरेका थिए।




