स्वास्थ्य

नेपाल मेडिसिटीमा अस्पतालजन्य फोहोर व्यवस्थापनबारे बिमर्श

नेपाल मेडीसिटी अस्पतालले बायोमेड इन्टरनेसनलसँगको सहकार्यमा अस्पतालजन्य फोहोर व्यवस्थापन विषयक अन्तक्रियात्मक कार्यक्रम भएको छ । कार्यक्रमका प्रमुख वक्ता जेफ स्क्वाली, इकोड्यासका अध्यक्षले अस्पतालजन्य फोहोर व्यवस्थापन चुनौतीपूर्ण देखिएता पनि सही ढंगले काम गर्न जाने सुरक्षित रहेको उनले बताए । उनले नवीन ढंगले अघि बढ्न जरुरी रहेको र यसमा सरकारी तथा सम्बन्धित निकायसँग विशेष छलफल र समन्वय जरुरी भएकोमा जोड दिए । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, स्वास्थ्य विभागकी श्रीजना श्रेष्ठ,… पुरा पढौ

पन्ध्र श्ययाको अस्पताल निर्माण हुँदै

यहाँको एक विकट गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । पर्वतको महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा १५ श्ययाको अस्पताल बनाइने भएको हो । साविक लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाउन लागिएको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा महाशीला गाउँपालिका–५ लुङ्खुदेउरालीका अध्यक्ष जीवनविक्रम उच्चैले जानकारी दिए । सङ्घीय सरकार स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य केन्द्रको स्तरवृद्धि गरी १५ श्ययासहितको अस्पताल बनाउन अनुमति प्रदान गरेपछि निर्माण प्रक्रिया थालिएको हो… पुरा पढौ

सरकारी अस्पतालका आकस्मिकबाहेकका सबै सेवा बन्द

सरकारी अस्पतालका देशभरका डाक्टरहरुले आजबाट आकस्मिक बाहेकका सबै ओपिडी सेवा ठप्प गरेका छन् । उनीहरुले कर्मचारी समायोजन विधेयकको विरोधमा सेवा वहिष्कार गरेका हुन् । पोखराको गण्डकी क्षेत्रीय अस्पतालको ओपिडी पनि बन्द छ । काठमाण्डुका वीर, टिचिङ, कान्ति, ट्रमा सेन्टर, टेकुलगायतका अस्पतालहरुले ओपीडीको टिकट काटेका छैनन् । आन्दोलमका कारण बिरामी मर्कामा परेका छन् । सरकारी अस्पतालमा ओपीडी सेवा बन्द भएपछि बिरामी निजी अस्पतालमा जान बाध्य बनेका छन् । पुरा पढौ

गण्डकीका राजमार्गमा डाक्टरसहितका घुम्ती अस्पताल

गण्डकी प्रदेशले आफ्नो प्रदेश अन्तर्गतको मुख्य राजमार्गमा सडक दुर्घटनाको तत्काल उपचार सेवा प्रदान गर्न ३ जिल्लाका ३ अस्पताललाई ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ का रूपमा विकसित गर्ने भएको छ । घुम्ती अस्पताल सञ्चालन गर्ने स्वास्थ्य संस्थामा दमौली अस्पताल तनहुँ, प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङ्जा र तिलार स्वास्थ्य केन्द्र डिमुवा पर्वत छन् । हाइवे ट्रमा घुम्ती अस्पतालका रूपमा विकसित गर्न सामाजिक विकास मन्त्रालयले यस चालू वर्षमा हरेक अस्पताललाई ५० लाखका दरले १… पुरा पढौ

संसदमा जिएमसी खारेज गर्न माग

संघीय सांसदमा गण्डकी मेडिकल कलेज (जिएमसी)को मुद्दा उठेको छ । पूर्व स्वास्थ्यमन्त्री तथा सांसद खगराज अधिकारीले गण्डकी मेडिकल कलेज खारेज गर्न माग गरेका छन्। उनले तोकिएभन्दा बढी शुल्क लिएको भन्दैले सो कलेज खारेज गर्न माग गरेका हुन्। उनले भने, ‘४२ लाख मात्र लिनुपर्ने ठाँउमा सो कलेजले ५२ लाखमात्र लिएका छन्, यस्ता कलेजलाई सरकारले अनुगमन गरी खारेज गर्न सक्नुपर्छ ।’ कलेजले बढी शुल्क लिएको भन्दै लामो समयदेखि विद्यार्थी आन्दोलनमा छन्। माघ… पुरा पढौ

होलियामा हात्तीपाइले रोगको औषधी खुवाउने तयारी पुरा

बाँकेको होलियामा हात्तीपाइले रोग नियन्त्रणका लागि आगामी फागुन १५ गतेदेखि अभियान शुरु गरिने भएको छ । होलिया स्वास्थ्य चौकीले ९ केन्द्रबाट औषधि सेवनको कार्यक्रम सञ्चालन गर्ने भएको सोमबार आयोजना गरेको अन्तक्रियामा जानकारी दिएको हो । नवौं चरणमा खुवाउन लागिएको औषधि यसपटक स्वास्थ्यकर्मीले नै खुवाउने होलिया स्वास्थ्य चौकीका इन्चार्ज प्रेम सोमाईले बताए । १५ गते तोकिएका बुथमा औषधि खुवाइनेछ भने १६ गतेदेखि २६ गतेसम्म घरदैलो अभियान गरेर औषधि खुवाइने सिअहेब रण… पुरा पढौ

‘सूर्ति खाने मान्छे अन्तिममा लागूऔषधकै कूलतमा फस्छ’

नेपालमा जनचेतनाको अभावले मानिसहरु क्यान्सरलगायत नसर्ने रोगहरुबाट प्रभावित भएको कुरा क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले बताएका छन् । आइतबार राजधानीस्थित बसुन्धाराको हेराल्ड कलेजमा क्यान्सर काउन्सिल नेपालको आयोजना र ग्लोबल आएमई बैंकको सहकार्यमा सञ्चालित उक्त जनचेतना तथा अन्तरक्रियामा प्रायजसो क्यान्सरका विरामीहरु गम्भिर अवस्थामा उपचारका लागि अस्पतालमा आइपुग्ने गरेको जसले गर्दा उपचार खर्च बढी हुने र उपचारको प्रभावकारिता पनि कम हुने कुरा उनले सुनाए । क्यान्सरलगायत नसर्ने रोगहरु नियन्त्रणको लागि नागरिक… पुरा पढौ

नव आदर्शको रक्तदानमा ५० युनिट रगत संकलन

नव आदर्श सामुदायिक विकास समाज लामाचौरले गरेको रक्तदानमा ५० जनाले रगतदान गरेका छन् । समाजको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल इन्द्रराज्य लक्ष्मी मावि र युवा रेडक्रस सर्कल गण्डकी बोर्डिङको सहआयोजनामा मंगलबार कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) का प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले रक्तदानमा अझैं भ्रम रहेकाले समाजिक संघसंस्थाले जनचेतना फैलाउन सहयोग गर्नुपर्नेमा जोड दिए । रगतको विकल्प रगत नै भएकाले समय समयमा रक्तदान गरी… पुरा पढौ

डेढ महिनामै १२ हजारभन्दा बढी स्वाइन फ्ल्युका बिरामी भेटिए

भारतमा सन् २०१९ को यो डेढ महिनामै १२ हजारभन्दा बढी स्वाइन फ्ल्युका बिरामी भेटिएका छन् । बिरामी भएकामध्ये ३७७ जनाको मृत्यु स्वाइन फ्ल्युकै कारण भएको आशङ्का गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । राजधानी नयाँ दिल्लीमा मात्रै लगातार फैलिँदै गएको स्वाइन फ्ल्युका कारण दुई हजार २७८ जना प्रभावित भएका छन् । तीमध्ये झण्डै सात सय जना त पछिल्लो दश दिनमा प्रभावित भएका हुन् । सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै टाइम्स अफ इण्डियाले… पुरा पढौ

बर्सेनि ३ हजार कुष्ठरोगका बिरामी थपिँदै

सरकारले कुष्ठरोग निवारणको घोषणा गरेको एक दशक बित्न लागे पनि बर्सेनि यो रोगका तीन हजार नयाँ बिरामी फेला परिरहेका छन् । कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि पनि दाग नदेखिँदा रोगले हातखुट्टालगायतका अंगमा असर गरेपछि मात्रै बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुग्ने गरेका छन् ।  कुष्ठरोग लाग्नासाथ अधिकांशमा सुरुमा रातो वा फुस्रो रंगको दाग र गिर्खा देखिने लगायतका लक्षण देखिए पनि थोरैमा यो लक्षण नदेखिँदा बिरामी ढिलो मात्र उपचारका लागि पुग्ने लेलेस्थित आनन्दवन अस्पतालले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं