स्वास्थ्य

४ महिना बित्यो, अस्पताल खुलेन

तनहुँको शुक्लागण्डकी ११, साँखेस्थित फूलबारी सामुदायिक अस्पताल सरकारलाई हस्तान्तरण भएको ४ महिना बित्दा पनि सञ्चालन हुन सकेको छैन । भदौको अन्तिम साता अस्पतालको स्वामित्व ढोरफिर्दी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरणपछि ढोर फूलबारी सहिद अस्पतालको नामबाट सञ्चालन गर्ने सहमति भएको थियो । गाभिएपछि १५ शैयाको बनाउने लक्ष्य छ । अस्पतालले सेवा प्रवाह नगर्दा यस क्षेत्रका स्थानीयले स्वास्थ्य परीक्षणबाट बञ्चित हुनुपरेको छ । शुनपा१२, राइपुरका बुद्ध भट्टराईले ४ महिना बितिसक्दा… पुरा पढौ

उपचारका क्रममा बालकको मृत्यु, हस्पिटलमा तोडफोड

उपचारका क्रममा बालकको मृत्यु भएपछि आक्रोशित आफन्तद्वारा झापाको बिर्तामोडको बिर्ता सिटी हस्पिटल तोडफोड भएको छ । डाक्टरको उपस्थिती बिनै हस्पिटलका नर्सले ऊपचार गर्ने भएर बच्चाको मृत्यु भएको पीडितको दाबी छ । सामान्य डायरिया भएर अस्पताल ल्याइएको भएपनि चरम लापरबाहीका कारण बच्चाको मृत्यु भएको आरोप लगाउदै तोडफोड भएको हो । विर्ता सिटी हस्पिटलमा उपचारका क्रममा मेचीनगर नगरपालिका-१४ का २ वर्षिय जेनित राजवंशीको गए राती मृत्यु भएको थियो । बालकको मृत्यु भएपछि… पुरा पढौ

जसले कलेजो दिएर बचाए ९ महिने नानीलाई

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी नौ महीने बालिका सियाना रन्तीजाको जीवन बचाउन यहाँका एक समाजसेवीले कलेजो दान गरेका छन् । म्याग्दीमा क्रियाशील परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्षसमेत रहेका चन्द्रकुमार केसीले कलेजोको समस्याबाट ग्रसित बालिकाको जीवन बचाउन आफ्नो कलोजोको केही अंश दान गरेका हुन् । शुक्रबार भारतको सर गङ्गाराम अस्पतालमा रन्तीजालाई केसीले दान गरेको कलेजो प्रत्यारोपण गरिएको ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । आफ्नै आमा रेश्मा र… पुरा पढौ

जिएमसीमा ताला, शोषण गरेको विद्यार्थीको आरोप

पोखराको गण्डकी मेडिकल कलेज(जिएमसी)मा अध्ययनरत विद्यार्थी कलेजले आर्थिक शोषण गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् । कलेजले विभिन्न बहानामा अतिरिक्त शुल्क लिएको उनीहरुको आरोप छ । २०७२ भदौ ३१ गते भएको निर्णयबाट उपत्यका बाहिरका निजी मेडिकल कलेजले ४२ लाख ४५ हजार शुल्क लिन पाउछन् । तर जिएमसीले ५६ लाखसम्म तिर्न बाध्य बनाएको विद्यार्थी तथा अभिभावकको गुनासो छ । बढी लिएको शुल्क फिर्ता गर्न र नयाँ विद्यार्थीलाई पनि बढी शुल्क नलिन माग… पुरा पढौ

अस्पताल बन्द गराउने चिकित्सकको लाइसेन्स खारेज गरी फाैजदारी अभियोगमा मुद्दा चलाउन माग

अस्पताल बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सको लाइसेन्स खारेज गरी  फौजदारी अभियोगमा मुद्दा चलाउन माग भएको छ । सामाजिक सञ्जाल फेसबुकमा पूर्व महान्यायाधीवक्ता प्रा डा युवराज संग्रौलाले अस्पताल बन्द गरी हड्तालमा उत्रने चिकित्सकहरू माथि फौजदारी अभियोगममा मुद्दा चलाउन माग गरेका छन । उनले महान्यायाधीवक्ताको कार्यालयले अत्यावश्यक चिकित्सा सेवामा हड्ताल गर्ने चिकित्सकको विरूद्धमा मुद्दा चलाउन किन आँट नगरेको भनेर प्रश्न समेत गरेका छन । प्रा डा सांग्रौलाले आफ्नो फेसबुकमा लेखेका छन यस्तै… पुरा पढौ

६कम्पनीका औषधि गुणस्तरहीन, विक्रीवितरणमा रोक

 नेपाल औषधि व्यवस्था विभागले औषधिको गुणस्तर न्युन रहेको भन्दै विक्रीवितरणमा रोक लगाएको छ । तीमध्ये सबैभन्दा धेरै क्युरेक्स फर्मास्युटिकल्स नेपालको ‘पोभिन’ नामको औषधि छ । यो औषधिका ७ वटा ब्याच गुणस्तरहीन फेला परेका छन् । लेबन ल्याब्रोटोरिज प्रालि इन्डियाको ‘जाइलो–पी’, ओम फर्मास्युटिकल्स नेपालको ‘लोटेम्प’ नाम औषधिका तीन ब्याच, केमी ड्रग इन्ड्रस्टिज प्रालिको ‘पोला’ र सुमी फर्मास्युटिकल्सको ‘मेगाफल’ न्युन गुणस्तरका भेटिएका हुन् । विभागले यी औषधि प्रयोग र विक्रीवितरण नगर्न भनेको… पुरा पढौ

पारस शाह नर्भिक अस्पतालमा

पूर्वयुवराज पारस शाह सोमबार ललितपुरको मंगलबजारस्थित कोपितेश्वर महादेव र हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गरिरहेका थिए । एक्कासि उनको मुटु दुःख्यो । मुटुमा असहजिलो भएको बताएपछि सँगै रहेका नातेदारले उनलाई अपराह्न ४ः३० मा थापाथलीस्थित नर्भिक अस्पताल पु¥याए । उनको ब्लक भएको दुईवटा धमनी डा. यादवदेव भट्ट नेतृत्वको टोलीले खोलेको अस्पतालले बताएको छ । पारसको अवस्था अहिले सामान्य छ, तर उनी अस्पतालमै छन् । परिवारसँग लामो समय छुट्टिएर एक्लै बस्दै आएका पारस ‘पारिवारिक माया’… पुरा पढौ

कांग्रेसी डाक्टरले शुक्रबार अस्पताल बन्द गर्ने, नेकपा डाक्टरले प्रतिरोध !

नेपाल चिकित्सक संघले शुक्रबार (भोलि) १ दिनका लागि देशभर आकस्मिकबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरूपमा बन्द गर्ने घोषणा गरेको छ। तर, नेपाल चिकित्सक संघमा रहेका नेकपा निकट चिकित्सकहरुले भने त्यसको बिरोध गरेको छ । महाराजगञ्ज चिकित्सा क्याम्पसका पूर्व क्पाम्पस प्रमुख समेत रहेका त्रिवि शिक्षण अस्पतालका एक जना चिकित्सक रामप्रसाद उप्रेतीले भने, ‘यो नेपाल चिकित्सक संघको होइन कांग्रेस निकट चिकित्सकहरुको आह्रवान हो । हामी मान्दैनौं ।’ बिहिबार संघले विज्ञप्तिमार्फत् सांकेतिक आन्दोलन… पुरा पढौ

गण्डकी प्रदेशमा फोरम फर हेल्थको समिति

फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्स गण्डकी प्रदेश समिति गठन भएको छ । बिहीबार भएको भेलाबाट अध्यक्षमा टंकप्रसाद अधिकारी, उपाध्यक्ष इन्दिरा बराल, सचिव चन्द्रकान्त पौडेल र कोषाध्यक्ष युवराज आचार्य निर्वाचित भए । समितिका सदस्यमा गीताकुमारी सापकोटा (काफ्ले), त्रिभुवन पराजुली, डा. अमर नागिला, श्रीप्रसाद शर्मा र अमर गुरुङ छन् । यो सिटिइभिटीबाट सम्बन्धन प्राप्त स्वास्थ्यसम्बन्धी शिक्षा दिने शिक्षालयहरुको छाता संगठन हो । प्रदेश समितिको सल्लाहकारमा राजीव पहारी, अशोक पालिखे, शंकर गौतम,… पुरा पढौ

चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०५५ राष्ट्रियसभाको वैठकबाट पनि वहुमतले पारित भएको छ । विधेयक यसअघि कांग्रेस सांसदहरुको अवरोधका बीचमै प्रतिनिधिसभाबाट पनि पारित भएको थियो । राष्ट्रियसभाले पारित गरेको यो विधेयक अब राष्ट्रपतिले प्रमाणित गरेपछि कार्यान्वयनमा जान्छ ।  नेपाली कांग्रेसको विरोधका बाबजुद बिहीबार राष्ट्रियसभा बैठकमा चिकित्सा शिक्षा विधेयकमाथि छलफलपछि पारित भएको हो । बिहीबारको बैठकमा कांग्रेस सासदहरु उठेर विरोध गरिरहेको अवस्थामा अध्यक्ष गणेश तिमिल्सिनाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाबाट सन्देशसहित… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं