स्वास्थ्य

पहिरोमा परि दुई गोठालासहित २ सय ५० भेडाबाख्रा पुरिए

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा न: ४ हिन्दुङनजिकै आइतबार गएको पहिरोमा दुई गोठालासहित २ सय ५० भेडाबाख्रा पुरिएका छन् । हिन्दुङ गाउँभन्दा भन्दा तलको ओडारमा हिउँ परेपछि आएको पहिरोले गोठालासहित २ सय भेडा र ५० वटा बाख्रा पुरिएर हराइरहेको जिल्ला प्रहरी प्रमुख एस पि डम्बरबहादुर बिकले जानकारी दिए । २ दिनअघिदेखि हिउ परेर केही उघ्रीएपछि सोही गाउँका ४५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ भेडाबाख्रा चराउन गएका थिए… पुरा पढौ

लो–घेकरका जनप्रतिनिधिद्धारा आयूवैदिक केन्द्रको अवलोकन

गाउपालिका स्तरीय अध्ययन–अवलोकन भ्रमणका क्रममा धरान पुगेको लो–घेकरदामोदरकुण्डको टोलीले आईतबार धरानमा आयूर्वेदिक स्वास्थ्य चिकित्सालयकेन्दको अवलोकन गरेको छ । लो–घेकर गापा ५ ध्येका यूवा तेन्जिङ धार्के तेन्जिङ गुरुङद्धारा ५ वर्षअघि संञ्चालन भएको धरान स्थित फेन्दे हिमालयन सोरिगको टोलीले अवलोकन तथा निरीक्षण गरेको हो ।जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ,गापा अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट(राजु) ,पत्रकार महासंघ मुस्ताङ तथा गापा कर्मचारी लगायतको उपस्थिती थियो । ५ कक्षा सम्म गृह जिल्ला मुस्ताङकै ध्ये गाउमा आधारभुततह… पुरा पढौ

गर्भवती हुँदा किन लाग्छ वाकवाकी ? कसरी गर्ने रोकथाम ?

गर्भवती अवस्थामा विशेषगरी सुरुका तीन महिनामा वाकवाकी लाग्ने र उल्टी हुने समस्या देखिन्छ । यसलाई मेडिकल भाषामा मर्निङ सिकनेस भनिन्छ । यो कठिन घडी हो, तर सबैजसो महिलाले आमा बन्नुअघि यो अवस्थाबाट गुज्रनैपर्ने हुन्छ ।  शरीरमा भइरहने प्रेग्नेन्सी हर्मोनको उतार–चढाब मर्निङ सिकनेसको मुख्य कारण हो । बिहानपख बढी वाकवाकी लाग्नुको कारणचाहिँ पेट खाली हुनु हो । यसको रोकथामका लागि उठ्नेबित्तिकै ‘भिटामिन सी’युक्त कुनै फल खानु राम्रो हुन्छ । सुन्तला, मौसम,… पुरा पढौ

ब्राजिलको बाँध भत्किँदा ३००जना वेपत्ता

ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा एउटा बाँध भत्किँदा वेपत्ता बनेका करिब ३०० जनालाई जीवितै उद्धार गर्ने आशा झिनो बनेको स्थानीय उद्धारकर्मीले जनाएका छन्।  शुक्रबार दिउसो करिब १ बजे भएको उक्त घटनामा परी मृत्यु हुनेको सङ्ख्या नौ पुगेको ३०० भन्दा बढी व्यक्ति हराइरहेका छन्। मिनास गेरियस राज्यको बेलो होरिजोन्टे शहरमा एक्कासी पहिरो गएपछि वेपत्ता बनेका कसैलाई पनि शनिबार जीवित उद्धार गर्न नसकिएको उनीहरूले बताएका छन्।  मिनासका गभर्नर रोमेउ जेमाले सञ्चारकर्मीलाई भने, “उद्धार प्रयास… पुरा पढौ

ब्रेन डेथ भो, अब अरुलाई बचाऔं

मरणोपरान्त अङ्गदानको लागि नेपाल औषधि व्यावसायिक सङ्घले सामाजिक अभियान सञ्चालन गर्ने भएको छ । औषधिको बजारीकरण गर्ने प्रतिनिधिमार्फत अङ्गदानका बारेमा आम मानिसमा जनचेतना जगाउन सङ्घले सो अभियान सञ्चालन गर्न लागेको हो । हाल स्वदेशी तथा विदेशी औषधि उद्योगबाट उत्पादित औषधिको चिकित्सक तथा स्वास्थ्यकर्मीसमक्ष पुगी बजारीकरण गर्ने मेडिकल रिप्रिजेन्टेटिभ (एमआर) को सङ्ख्या सात हजार भन्दा बढी रहेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र सङ्घकाबीचमा मरणोपरान्त अङ्गदानका लागि जनचेतना जगाउन… पुरा पढौ

जिप दुर्घटनामा सिडियो सिकिस्त, सशस्त्रका एसपीको मृत्यु

जिप दुर्घटना हुँदा बाराका सिडिओ गणेश भट्टराई घाइते भएका छन् भने एक जनाको घटनास्थलमै मृत्यु भएको छ । भट्टराईको अवस्था गम्भीर छ । ना १ झ १६३३ नम्बरको जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएको बताइएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेल छन् । उनी शसस्त्र प्रहरी बलको १२ नम्बर गण बारामा कार्यरत थिए । दुर्घटनामा भट्टराईसहित अन्य ३ जना पनि घाइते भएका छन् । दुर्घटनामा सशस्त्र… पुरा पढौ

चिकित्सा शिक्षा विधेयक पारित, केसीले मागे प्रधानमन्त्रीको राजीनामा

प्रमुख प्रतिपक्ष दलको प्रतिरोधबीच प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित भएपछि अनसनरत प्राडा गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् । विधेयक पारित भएलगत्तै पत्रकार सम्मेलन गरी केसीले प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको दाबीसहित उनको राजीनामा मागेका हुन् । केसीका सहयोगी जीवन क्षेत्रीले केसीको लिखित विज्ञप्ति पढेका थिए । उनले विधेयक पासबाट जनतामाथि धोका भएको निष्कर्ष निकाल्दै आमरण अनसन जारी रहने जानकारी दिए । यसअघि प्रमुख प्रतिपक्ष दलको… पुरा पढौ

सुधार केन्द्रमा कुटाई,चरम यातनाको कारण मृत्यु

हालै ललितपुरमा रहेको वि केयर लागू औषध तथा पुनस्थापना तथा सुधार केन्द्रमा लागु औषध र्दुव्यसनीको कुटाई र चरम यातनाको कारण ज्यान गएको छ । पछिल्लो लागु औषध र्दुव्यसनीमा लागेकाहरुलाई नव जीवन दिईने भनेर खोलिएका सुधार गृहका कतुर्तहरु एकपछि अर्को गर्दै बाहिरिएका छन् । ललितपुरको सीतापाखामा रहेको उक्त सुधार गृहमा उपचारका लागि राखिएको सिताराम घिमिरेको मृत्यु भएको हो । घिमिरको मृत्युपछि संचालकलाई प्रहरीले प्रक्राउ गरेको छ । अत्याधिक मदिरा सेवन गर्ने… पुरा पढौ

सबैको ज्यान बचाउने ‘ब्लड’,संसारभर ४३ जनासँग मात्रै छ

‘गोल्डेन ब्लड’ सुन्दासाथ सबैलाई महँगो वस्तुको याद आउँछ । यो रगतको दुर्लभ समूह हो, जुन संसारमै थोरै मान्छेमा मात्र पाइन्छ । यही कारण पनि यो रक्तसमूहका मान्छेको सम्झना जोकोहीलाई भइहाल्छ । तर, यही रक्त समूहका मान्छे भने कैयौँ पटक जीवन–मरणको दोसाँधमा पुगेका छन् । जुन ब्लड ग्रुपलाई गोल्ड ब्लड भनिन्छ, त्यसको वास्तविक नाम ‘आरएच नल’ हो । के हो त आरएच नल, यो किन यति महँगो हुन्छ ? यो ब्लडग्रुप… पुरा पढौ

पोखरा महेन्द्रपुलका २ प्याथोलोजी ल्याबमा ताला

औषधी पसल र स्वास्थ्य प्रयोगशाला क्षेत्रमा अनेक विकृति र लापरवाही भएको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीबाट खटिएको टोलीले अनुगमन सुरु गरेको छ । टोलीले पोखराको महेन्द्रपुलमा रहेका २ प्याथोलोजी ल्याबमा बिहीबार सिलबन्दी गरेको छ । ती ल्याबमा प्रयोग भएका विभिन्न औषधी म्याद गुज्रिएका र ल्याब सञ्चालनको स्वकृति पत्र पनि नभएको पाएपछि ती ल्याबमा ताला लगाइएको हे । पोखरा प्याथोलोजी क्लिनिकले म्याद सकिएको सामग्रीको प्रयोग गरेको भेटिए । यो ल्याबले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं