जिप दुर्घटना हुँदा बाराका सिडिओ गणेश भट्टराई घाइते भएका छन् भने एक जनाको घटनास्थलमै मृत्यु भएको छ । भट्टराईको अवस्था गम्भीर छ । ना १ झ १६३३ नम्बरको जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएको बताइएको छ ।
मृत्यु हुनेमा सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेल छन् । उनी शसस्त्र प्रहरी बलको १२ नम्बर गण बारामा कार्यरत थिए । दुर्घटनामा भट्टराईसहित अन्य ३ जना पनि घाइते भएका छन् ।
दुर्घटनामा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल घाइते छन् । कर्मचारी मिलन केन्द्र बाराले निजगढमा गरेको वनभोजबाट फर्किएको जिप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक दुर्घटना भएको थियो ।




