लो–घेकरका जनप्रतिनिधिद्धारा आयूवैदिक केन्द्रको अवलोकन

गाउपालिका स्तरीय अध्ययन–अवलोकन भ्रमणका क्रममा धरान पुगेको लो–घेकरदामोदरकुण्डको टोलीले आईतबार धरानमा आयूर्वेदिक स्वास्थ्य चिकित्सालयकेन्दको अवलोकन गरेको छ ।


लो–घेकर गापा ५ ध्येका यूवा तेन्जिङ धार्के तेन्जिङ गुरुङद्धारा ५ वर्षअघि संञ्चालन भएको धरान स्थित फेन्दे हिमालयन सोरिगको टोलीले अवलोकन तथा निरीक्षण गरेको हो ।जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ,गापा अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट(राजु) ,पत्रकार महासंघ मुस्ताङ तथा गापा कर्मचारी लगायतको उपस्थिती थियो ।


५ कक्षा सम्म गृह जिल्ला मुस्ताङकै ध्ये गाउमा आधारभुततह तथा माध्यमिक स्तरको पढाई लोमान्थाङ आमजी बिद्यालयमा पुरा गरेका गुरुङ १५ वर्षअघि काठमान्डौको स्वंम्भूमा आमजी चिकित्सकको रुपमा कार्यसम्पादन गर्दै आइरहेका छन् ।आमजी शिक्षाको दिगो बिकास तथा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमान्डौमा गुरुङले केही सहयोगीसहित ३ वर्षअघि आयूर्वेदिक कलेज समेत खोलेको उनी बताउछन् ।

त्यस्तै उनले काठमान्डौ लगायत झापा,पोखरा,स्याङ्जा र धरानका जनतालाई सेवा पू¥याउन शाखा कार्यालय बिस्तार गरेका हुन् ।प्राकृतिक उपचार पद्धतीनै भरपर्दो भएको गुरुङले जानकारी दिए । वर्षेनी एक पटक जिल्लामै पुगेर शिविर सहितको सेवा प्रवाह गर्दै आईरहेका उनले आयूर्वैदिक स्त्री रोग तथा मानिसको संम्पूर्ण पेट सम्वन्धि देखा पर्ने रोगहरुको उपचार हुने गरेको सुनाए ।


‘पैसा कमाउने उद्देश्य भएका भए बिदेश पलायन हुने थिए ,देशभित्रै जनताको सेवा गर्ने भावनाको बिकास भयो ।गाउका यूवाहरुलाई पनि आमजी बिषयमा अध्ययन गर्न सल्लाह दिन्छु ।आयूर्वैदिक उपचार नै मानव स्वास्थ्यको दिर्घकालिन उपाचार हो ।’उनले भने ।उनले आयूर्वेदिक उपचारनै मानव स्वास्थ्यको अर्गानिक उपचार भएको दावी गरे ।


धरान स्थित आमजी केन्द्र अवलोकनका क्रममा मुस्ताङकी जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले चिकित्सक तेन्जिङ गुरुङ उपल्लो मुस्ताङको गर्व गर्न लायक यूवा भएको जनाईन् ।उनले देशका यूवा बिदेश भौतारी रहेको बेला गुरुङको सेवा प्रंशसायोग्य भएको सुनाईन् । उर्जा र ईच्छ्या शक्ति भए स्वदेशमै अवसर र सफलता प्राप्त गर्न सकिने उदाहरण ध्ये गाउका यूवा गुरुङ भएको जनाईन् ।

नेपालमै पनि थुप्रै संम्भावना भएको उनको भनाई छ ।गापा अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले आयूर्वैदिक चिकित्साक्षेत्रमा ध्ये गाउका यूवा गुरुङ उदाहरणी पात्र भएको बताए ।

पछिल्लो समय आयूर्वेदिक संम्वन्धि नेपालीहरुमा बिश्वास थपिएको उल्लेख गर्दे उनले गुरुङको चिकित्सालय तथा आमजी कलेजको पनि सफलताको नमूना भएको बताए । ।उनले गुरुङको प्रंशसा गर्दे आयूर्वेदिक क्षेत्रको छलाङमा सफलता प्राप्त गर्न सफल रहेकोमा गौरव गर्दे यसको बिस्तारमा गाउका यूवाहरुलाई पनि अवसरको खाँचो रहेको सुनाए ।