सुधार केन्द्रमा कुटाई,चरम यातनाको कारण मृत्यु

हालै ललितपुरमा रहेको वि केयर लागू औषध तथा पुनस्थापना तथा सुधार केन्द्रमा लागु औषध र्दुव्यसनीको कुटाई र चरम यातनाको कारण ज्यान गएको छ ।

पछिल्लो लागु औषध र्दुव्यसनीमा लागेकाहरुलाई नव जीवन दिईने भनेर खोलिएका सुधार गृहका कतुर्तहरु एकपछि अर्को गर्दै बाहिरिएका छन् ।

ललितपुरको सीतापाखामा रहेको उक्त सुधार गृहमा उपचारका लागि राखिएको सिताराम घिमिरेको मृत्यु भएको हो । घिमिरको मृत्युपछि संचालकलाई प्रहरीले प्रक्राउ गरेको छ ।

अत्याधिक मदिरा सेवन गर्ने घिमिरेलाई परिवारले माघ ३ गते उक्त सुधार गृहमा ल्याएका थिए । उनलाई त्यहाँ प्रति महिना १५ हजार बुझाउने गरी भर्ना गरिएको थियो । घिमिरेको हात, खुट्टा र छातीमा निलडाम र घाउ देखिएपछि प्रहरीले छानबिन गरेको छ । प्रहरीका अनुसार घिमिरेको करङ भाचिएको ,करेन्ट समेत लगाएको देखिएको छ ।

त्यहाँ ल्याईएको ३ दिनभित्रमा नै ४३ बर्षीय घिमिरको चरम यातनापछि मृत्यु भएको परिवारको ठम्याई छ । केही दिन अघि घिमिरेको मृत्यु भएपनि सुधार केन्द्र संचालकले घटनालाई गुपचुप रुपमा राखेपछि आफन्तको सहयोगमा प्रहरीले केन्द्रका संचालकलाई पक्राउ गरी कारवाही अगाडी बढाएको छ । प्रक्राउ पर्नेमा छिरिङ ग्याल्जेन शेर्पा र सुनील खड्का रहेका छन्।