स्वास्थ्य

श्वासप्रश्वास रोगकै उपचार नहुने श्वासप्रश्वास केन्द्र

तनहुँको शुक्लागण्डकी ५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र स्थापना भएको ८ वर्ष पुग्यो । निजी अस्पतालले स्थापनापछि नाफा कमाउने बेलासम्म यहाँ भने हालसम्म पनि श्वासप्रश्वास सम्बन्धी युनिट स्थापना हुनै सकेको छैन । यहाँ आएका श्वासप्रश्वाससम्बन्धी बिरामी भने पोखरा र काठमाडौं जान बाध्य छन् । अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले श्वासप्रश्वाससम्बन्धी डट्स सेन्टर स्थापना गर्ने तयारी भइरहेको बताए । क्षयरोगको बिरामी उपचार गर्ने लक्ष्यका साथ राष्ट्रिय क्षयरोग केन्द्रसँगको… पुरा पढौ

घाचोकमा स्वास्थ्यचौकी भवन

कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकमा स्वास्थ्यचौकीको भवन निर्माण गरिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय कास्कीको रु दुई करोड ३७ लाख ९५ हजार ८८७ लागतमा निर्माण सम्पन्न गरिएको दुईतले सुविधासम्पन्न भवनमा बर्थिङ सेन्टर, बहिरङ्ग, फार्मेसी, प्रशासनिक, दर्ताकक्ष तथा परिवार नियोजन एवं गर्भवती परामर्श कक्ष रहेका छन् । विसं २०७२ भदौ २८ गते डिभिजन कार्यालय र फेवा÷मनोज जेभीबीच भवन निर्माण ठेक्का सम्झौता भएको थियो । स्वास्थ्यचौकीले सुरक्षित मातृत्वअन्तर्गत… पुरा पढौ

प्रहरीलाई कारबाही माग गर्दै हस्ताक्षर संकलन

बागलुङको गलकोटमा प्रहरीद्वारा भएको कुटपिटविरुद्ध कारबाही माग गर्दै हस्ताक्षर संकलन अभियान सञ्चालन चलाइएको छ । नागरिक दबाव समितिले पुस २९ गते राति भएको घटनामा संलग्न प्रहरीलाई कारबाही गर्न दबाव स्वरुप हस्ताक्षर संकलन गरेको हो । गलकोट नगरपालिका सबै वडा अध्यक्षसँग छलफल गरेको नागरिक दबाव समितिले सबै वडामा एकैसाथ कार्यक्रम सञ्चालन गरेको समूहका सदस्य हर्कबहादुर पाण्डेले जानकारी दिए । गलकोट हटिया प्रतीक्षालयमा कपडा र कापीमा नाम ठेगानासहित हस्ताक्षर संकलन सुरुआत गर्दै… पुरा पढौ

प्रचण्डलाई ज्वरो, बीना अस्पताल भर्ना

नेपाल कम्युनिस्ट पार्टी( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारका अधिकांश सदस्य बिरामी परेका छन् । प्रचण्डलाई भाइरल ज्वरो आएको छ । चिकित्सकको सल्लाहबमोजिम उनी निवासमा आराम आराम गरिरहेका छन् । उनलाई चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् । चिकित्सकले उनलाई केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेको बताइएको छ । यसैबीच सुमेरु अस्पताल ललितपुरमा ज्वरो र रुघाखोकी लागी भर्ना हुनुभएका… पुरा पढौ

अधिकांश सांसद प्रेसर र सुगरका बिरामी

संघीय संसद सुरु भएको १० महिनाको अवधिमा ४६ जना सांसदले उपचार खर्चबापत सचिवालयबाट सात लाख ८० हजार रुपैयाँ बुझेका छन् । सचिवालयले एउटै सांसदलाई दुई लाख ३३ हजारसम्म उपचार खर्च दिएको पाइएको छ भने सबैभन्दा कम एक हजार ६ सय ५० रुपैयाँको बिल भुक्तानी सचिवालयबाट भएको छ । सांसदहरुमध्ये धेरैजसो ब्लडप्रेसर र सुगरको बिरामी भेटिएका छन् । संघीय संसद् सचिवालयस्थित स्वास्थ्य सेवासम्बन्धी शाखामा पुग्ने सांसदमध्ये अधिकांश प्र्रेसर, सुगरदेखि महिला सांसदमध्ये धेरै… पुरा पढौ

राजमार्गमा गाडी रोकेर आँखा जाँच !

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डको छिर्कनेमा दिउँसो ट्राफिक प्रहरी पुगे । उनीहरुले सवारी रोक्दै चालकलाई बोलाउन थाले । सवारी चालकहरु कारवाहीमा परिने पो हो कि भन्ने डरले झस्किए । गाडीबाट निस्केर बाहिर आएपछि उनीहरुले थाहा पाए, आँखा परीक्षणका लागि बोलाइएको रहेछ । आँखाको कमजोरीका कारण हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले आइतबार सडकमै चालकको आँखा परीक्षण गरेको छ । दमौली आँखा उपचार केन्द्रको प्राविधिक… पुरा पढौ

डा.केसीलाई वार्डमा सारियो

  १६ औँ अनसन थालेका डा गोविन्द केसीको यतिबेला त्रिवि शिक्षण अस्पतालमा उपचार भईरहेको छ । इलाममा अनसन बसिरहेका डा केसीको स्वास्थ्य अवस्था गम्भिर बनेपछि उनलाई रातारात राजधानी ल्याईएको थियो । आइसीयू कक्षमा राखेर उपचार गराईरहेका डा केसीलाई आजै साधरण वार्डमा सारिएको छ । सर्वसाधारणलाई आइसीयू कक्षको अभाव नहोस भनेर उनलाई वार्डमा सारिएको सहयोगी प्रितम सुबेदीले बताए । इलाममा अनसन बसिरहेका डा केसीको स्वास्थ्य अवस्था गम्भिर बनेपछि उनलाई रातारात राजधानी… पुरा पढौ

कलेजोमा बोसो (FATTY LIVER) : हेलचेक्राई नगरौं 

हिजो आज धेरै बिरामीहरु USG (video XRAY) गर्दा fatty liver (कलेजोमा बोसो) देखियोभनेर hospital clinic मा आउने गरेको देखिन्छ | के हो त fatty liver ? हामी सबैको सामान्य बुझाइको लागी fatty liver भनेको कलेजो मा बोसो जमेको अवस्था भन्न सकिन्छ | के यो सामान्य हो या कुनै नराम्रो रोगको लक्षण हो ? धेरै जस्तो अवस्थामा fatty liver सामान्य जस्तो लाग्न सक्ला , तर यस्लाई नजरन्दाज वा हेलचेक्राई गर्नु भने… पुरा पढौ

युआरएलको सहयोगमा भरतपोखरीमा स्वास्थ्य शिविर

भरतपोखरी विकास मञ्च कास्कीले पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा शनिबार पोखरा ३३ भरतपोखरीमा निशुल्क रक्त परीक्षण शिविर गरेको छ । शिविरमा ४ सय ७ जनाको सित्तैमा थाइराइड तथा रगतमा हुने खराब बोसो (टिजी) सम्बन्धी रगत जाँच गरिएको छ । बाघमारा बहुउद्देश्यीय सहकारीको सहयोगमा भएको शिविरमा अन्य सबै प्रकारका रक्त परीक्षणमा पनि ५० प्रतिशत छुट दिइएको थियो । युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा गरेको यो ६१… पुरा पढौ

गोविन्द केसीको अनसनको अर्थ छैन : झाँक्री

त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले पटक–पटक आमरण अनसन बस्नुको अर्थ नरहेको नेकपा नेतृ रामकुमारी झाँक्रीले बताएकी छन् । पर्वतमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै झाँक्रीले केसीको विषयलाई मुख्य एजेन्डा बनाएर भ्रम छर्दा नकारात्मक असर परेको बताइन् ।डाक्टर केसीसँग सरकारले सम्झौता तोडमोड नगरेको बरु केसीका माग आवश्यक नरहेको भन्दै संसादबाट पारित नगरिएकोउनले बताइन् । पटक–पटक सरकारलाई दोष दिन जनता उर्फान केसी र कांग्रेसले भूमिका खेलेको आरोप लगाइन् । सरकारले केसीको स्वास्थ्यलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं