अधिकांश सांसद प्रेसर र सुगरका बिरामी

संघीय संसद सुरु भएको १० महिनाको अवधिमा ४६ जना सांसदले उपचार खर्चबापत सचिवालयबाट सात लाख ८० हजार रुपैयाँ बुझेका छन् । सचिवालयले एउटै सांसदलाई दुई लाख ३३ हजारसम्म उपचार खर्च दिएको पाइएको छ भने सबैभन्दा कम एक हजार ६ सय ५० रुपैयाँको बिल भुक्तानी सचिवालयबाट भएको छ ।

सांसदहरुमध्ये धेरैजसो ब्लडप्रेसर र सुगरको बिरामी भेटिएका छन् । संघीय संसद् सचिवालयस्थित स्वास्थ्य सेवासम्बन्धी शाखामा पुग्ने सांसदमध्ये अधिकांश प्र्रेसर, सुगरदेखि महिला सांसदमध्ये धेरै गाइनेको समस्या लिएर पुग्ने गरेका छन्  नयाँ पत्रिका दैनिकमा समाचार  छ ।सचिवालयमा कार्यरत डा. एई अन्सारीले मुटु, किड्नीको उपचारलगायतका जटिल उपचार तथा अप्रेसनका लागि आफूहरूले सरकारी अस्पतालमा उपचार गराउन सिफारिस गर्ने र सांसदहरूले उपचारबापतको बिल पेस गर्दा रकम भुक्तानी गर्ने बताए । ‘चिकित्सक बोर्ड छ ।

उनका अनुसार दैनिक दर्जनभन्दा बढी सांसद सचिवालयमा प्रेसर तथा सुगरलगायतका सामान्य स्वास्थ्यजाँचका लागि पुग्ने गरेका छन् । सचिवालय पुगेर नै सुगर, प्रेसर जाँच गर्ने तथा उपलब्ध सामान्य औषधिको भने पैसा लाग्दैन ।