सांग्रिलाका कर्मचारी, सेवाग्राहीलाई मेडिसिटीमा छुट

संग्रिला डेभलपमेन्ट बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच बैंकका कर्मचारी तथा ग्राकहलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे ।

सम्झौतापछिसांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा यस विकास बैंकको हाल सञ्चालनमा रहेका ८० वटै शाखाका भिसा डेबिट कार्ड प्रयोगकर्ताले नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष छुट पाउने छन् । बैंकले आफ्ना ग्राकलाई बैंकिङ सेवाका अतिरिक्त नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्यसम्बन्धी विभिन्न उपचारमा पनि विशेष छुट दिलाई सहयोग गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जानकारी दिए ।