स्वास्थ्य

नव आदर्शको रक्तदानमा ५० युनिट रगत संकलन

नव आदर्श सामुदायिक विकास समाज लामाचौरले गरेको रक्तदानमा ५० जनाले रगतदान गरेका छन् । समाजको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल इन्द्रराज्य लक्ष्मी मावि र युवा रेडक्रस सर्कल गण्डकी बोर्डिङको सहआयोजनामा मंगलबार कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) का प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले रक्तदानमा अझैं भ्रम रहेकाले समाजिक संघसंस्थाले जनचेतना फैलाउन सहयोग गर्नुपर्नेमा जोड दिए । रगतको विकल्प रगत नै भएकाले समय समयमा रक्तदान गरी… पुरा पढौ

डेढ महिनामै १२ हजारभन्दा बढी स्वाइन फ्ल्युका बिरामी भेटिए

भारतमा सन् २०१९ को यो डेढ महिनामै १२ हजारभन्दा बढी स्वाइन फ्ल्युका बिरामी भेटिएका छन् । बिरामी भएकामध्ये ३७७ जनाको मृत्यु स्वाइन फ्ल्युकै कारण भएको आशङ्का गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । राजधानी नयाँ दिल्लीमा मात्रै लगातार फैलिँदै गएको स्वाइन फ्ल्युका कारण दुई हजार २७८ जना प्रभावित भएका छन् । तीमध्ये झण्डै सात सय जना त पछिल्लो दश दिनमा प्रभावित भएका हुन् । सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै टाइम्स अफ इण्डियाले… पुरा पढौ

बर्सेनि ३ हजार कुष्ठरोगका बिरामी थपिँदै

सरकारले कुष्ठरोग निवारणको घोषणा गरेको एक दशक बित्न लागे पनि बर्सेनि यो रोगका तीन हजार नयाँ बिरामी फेला परिरहेका छन् । कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि पनि दाग नदेखिँदा रोगले हातखुट्टालगायतका अंगमा असर गरेपछि मात्रै बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुग्ने गरेका छन् ।  कुष्ठरोग लाग्नासाथ अधिकांशमा सुरुमा रातो वा फुस्रो रंगको दाग र गिर्खा देखिने लगायतका लक्षण देखिए पनि थोरैमा यो लक्षण नदेखिँदा बिरामी ढिलो मात्र उपचारका लागि पुग्ने लेलेस्थित आनन्दवन अस्पतालले… पुरा पढौ

पोखरामा नेपाली मेडिसिटीको हाडजोर्नी र स्त्रीरोग जाँच

पोखरामा शुक्रबार र शनिबार पोखरामा निशुल्क हाडजोर्नी तथा स्त्री तथा प्रसूति रोग परामर्श शिविर भएको छ । शिविरमा नेपाल मेडिसिटी अस्पताल सैन्बु, भैसेपाटीका कन्सल्टेन्ट अर्थाेपेडिक सर्जन डा. राज राणा र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुप्रिया पाण्डेले बिरामीलाई परामर्श र दिएका छन् । सत्य साई सेवा संगठन नेपालको राष्ट्रिय महिला सम्मेलनको अवसरमा शिविर भएको हो । विविध गतिविधिका साथ सम्मेलन सकिएको सत्य साई सेवा संगठन नेपाल गण्डकी प्रदेश अध्यक्ष… पुरा पढौ

रतन पाण्डे माविको स्वास्थ्य शिविरमा ४५२ को जाँच

पोखरा १३ आर्वामा शनिबार थाइराइड तथा रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको छ । शिविरमा ४ सय ५२ जनाको सित्तैमा रगत जाँच भएको छ । रतन पाण्डे माविले ज्योति महिला विकास बचत तथा ऋण सहकारी र रतन पाण्डे बचत तथा ऋण सहकारीको सहयोगमा शिविर आयोजना गरेको हो । पोखरा न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरल)को प्राविधिक सहयोगमा भएको शिविर अन्य सबै प्रकारका रक्त परीक्षणमा पनि ५० प्रतिशत छुट दिइएको… पुरा पढौ

मेडिसिटीमा क्यान्सर उपचार केन्द्र

ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी हस्पिटलले छुट्टै सुविधा सम्पन्न २ सय ५० बेडको क्यान्सर उपचार केन्द्र सुरु गर्ने भएको छ । टर्कीको इस्तान्बुलको रहित खयी मेडिकलसँगको सहकार्यमा मेडिसिटीले यसरी टर्कीको इस्तान्बुलमा रहित खयी मेडिकलले नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यका क्यान्सर केन्द्रको स्थापना गर्ने विषयमा बुधबार सम्झौता गरेको हो । अस्पतालका अध्यक्ष डा उपेन्द्र महतो, प्रमुख कार्यकारी अधिकृत सुधाकर जयराम र खयीका निर्देशक अर्दम गुने तथा नेपाल टर्की व्यापार काउन्सीलका अध्यक्ष मुस्ताफा अकिन्छन्ले… पुरा पढौ

युआरएलले खोल्यो दुलेगौंडामा शाखा

पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले तनहुँ शुक्लगण्डकी नगरपालिकाको दुलेगौंडामा शाखा खोलेको छ । युआरएलको शाखा दुलेगौंडा ४ को सेवा सपिङ कम्प्लेक्समा छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युआरएलको दुलेगौंडा शाखाले मंगलबारबाट सेवा सुरु दिन गरेको छ । करिब १ करोड लागतमा शाखा स्थापना भएको हो । तनुहँका दुलेगौंडा, बेलचौतरा, खैरेनीटार, ढोरफिर्दी, भिमाद, थर्पु लगायतका स्थानमा रहेका सेवाग्राहीलाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य प्रयोगशाला सेवा दिन युआरएलले शाखा स्थापना… पुरा पढौ

नातिनीलाई खुकुरी देखाउँदै पटक पटक बलात्कार

 पछिल्लो समय बढिरहेको बलात्कारको घटना बालबालिकाहरु बढि पीडित भएको देखिन्छ । बिषेशगरी आफनै घर परिवारका सदस्यबाट नै यौन र्दुव्यवहारमा पर्ने गरेको दर्दनाक अवस्था छ । यसबीचमा बुटवलमा १३ वर्षीया बालिका आफनै हजुरबुवाबाट बलात्कृत भएकीछिन् । जिल्लाको मालिका गाउँपालिका घमिरका ७० वर्षे हजुरबुवाले नातिनी बलात्कार गरेका हुन् त्यो पनि पटक पटक । बाबु कान्छी श्रीमती ल्याएर अन्तै बस्ने, घरमा २ नातिनीहरुमध्ये १३ बर्षिया एक नातिनीलाई खुकुरी देखाउँदै पटक पटक बलात्कार गरेको… पुरा पढौ

बल्ल सुरु भयो पोखरामा अपांगता परिचयपत्र वितरण

पोखरा महानगरपालिकाले अपांगता भएका व्यक्तिलाई परिचय पत्र वितरण सुरु गरेको छ । पोखरा महागनरका उपमेयर मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले संयुक्त रुपमा पोखरा २३ का पुष्करराज उपाध्यायलाई पूर्ण अपांगताको रातो परिचयपत्र प्रदान गरेका थिए । परिचयपत्रमा प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गर्नुपर्ने परिचय पत्र कार्यविधिले व्यवस्था गरेको छ । उपमेयर गुरुङले पूर्ण अपांगता भएका व्यक्तिलाई महानगर आउन असहज भएको बताउँदै वडा वडामै पुगेर वितण गर्नुपर्ने अवस्था देखिएको बताइन्… पुरा पढौ

फ्लु संक्रमणपछि स्कुल बिदा

कास्कीको मादी गाउँपालिका ४ तारकाङमा ज्वरो तथा रुघाखोकीजन्य संक्रमण देखिएपछि त्यहाँका स्कुल बन्द गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका इन्चार्ज यम बरालले कक्षा १ देखि ५ सम्म भएका विद्यालय ५ दिन र माथिल्लो तहका विद्यालय ३ दिन बन्द गरेर रोग सर्नबाट बचाउन सुझाव दिएको मादी ४ का अध्यक्ष सत्यराज सापकोटाले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर सापकोटाले डक्टरको सल्लाह अनुसार विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं