नव आदर्शको रक्तदानमा ५० युनिट रगत संकलन

नव आदर्श सामुदायिक विकास समाज लामाचौरले गरेको रक्तदानमा ५० जनाले रगतदान गरेका छन् । समाजको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल इन्द्रराज्य लक्ष्मी मावि र युवा रेडक्रस सर्कल गण्डकी बोर्डिङको सहआयोजनामा मंगलबार कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) का प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले रक्तदानमा अझैं भ्रम रहेकाले समाजिक संघसंस्थाले जनचेतना फैलाउन सहयोग गर्नुपर्नेमा जोड दिए । रगतको विकल्प रगत नै भएकाले समय समयमा रक्तदान गरी जीवनदान गर्न आग्रह गरे ।

६९ औं प्रजातन्त्र दिवसका अवसरमा समाजले रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान आयोजना गरिएको समाजका अध्यक्ष कमलबहादुर थापाले बताए । कार्यक्रममा पोखरा १६ का अध्यक्ष जीवन आचार्य, १९ का अध्यक्ष शोभामोहन पौडेल, गण्डकी बोर्डिङ स्कुलका प्राचार्य रविप्रसाद बराल, इन्द्रराज्य लक्ष्मी माविका प्राचार्य केशव अम्गार्इँ लगायतले समाजका गतिविधि सकारात्मक भएको बताए ।

नव आदर्श सामुदायिक विकास समाज लामाचौरका अध्यक्ष कमलबहादुर थापाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा संयोजक अर्जुन भण्डारी र सचिव दिनेश भण्डारीले पनि बोलेका थिए ।