मेडिसिटीमा क्यान्सर उपचार केन्द्र

ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी हस्पिटलले छुट्टै सुविधा सम्पन्न २ सय ५० बेडको क्यान्सर उपचार केन्द्र सुरु गर्ने भएको छ । टर्कीको इस्तान्बुलको रहित खयी मेडिकलसँगको सहकार्यमा मेडिसिटीले यसरी टर्कीको इस्तान्बुलमा रहित खयी मेडिकलले नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यका क्यान्सर केन्द्रको स्थापना गर्ने विषयमा बुधबार सम्झौता गरेको हो ।

अस्पतालका अध्यक्ष डा उपेन्द्र महतो, प्रमुख कार्यकारी अधिकृत सुधाकर जयराम र खयीका निर्देशक अर्दम गुने तथा नेपाल टर्की व्यापार काउन्सीलका अध्यक्ष मुस्ताफा अकिन्छन्ले सम्झौता पत्रमा हस्ताक्षर गरे । अब खयी मेडिकलले नेपालमा बन्ने क्यान्सर केन्द्रको संरचना विकास गर्ने र उत्कृष्ट उपकरण भित्र्याउँदै क्यान्सरका सम्पूर्ण उपचार नेपालमै गर्ने वातावरण बनाउने गर्ने उल्लेख छ ।

अस्पतालका अध्यक्ष डा महतोले सम्झौताले स्वदेशमै नेपालीले क्यान्सरको उच्चस्तरीय उपचार पाउने र विदेशसम्म पुग्न पर्ने वाध्यता हट्ने विश्वास व्यक्त गरे ।सबै वर्ग र समुदायसम्म उपचार पहुँयोग्य बनाउन पनि सहकार्यले सहयोग गर्ने उनको विश्वास छ ।

नेपाल टर्की व्यापार काउन्सील अध्यक्ष मुस्ताफा अकिन्छिनले सम्झौताको प्राथमिक चरणमा क्यान्सर निराकरणमा टेवा पु¥याउन लागिपर्ने प्रतिवद्धता गरे । क्यान्सर उपचार केन्द्र बनाउने सम्झौता अनुसार केही समयमा नै काम सुरु हुने अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले बताए ।